आज र भोलि पानी पर्ने, कहाँको मौसम कस्तो छ ?

१७ फागुन ८०, शुक्रबार

फागुन १८ , काठमाण्डौ ।

नेपालमा पश्चिमी बायुको प्रभाव परेको छ । यसकै कारण आज दुई प्रदेश र भोलि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

Advertisement

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुशार भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ७ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा उक्लिएको हो। बिहीबार उपत्यकाको न्यूनतम तापक्रम भने ६.९ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस थियो।

आज उपत्यकाको अधिकतम तापक्रम २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । यही फागुन १० गते भएको मौसम बदली र वर्षाका कारण फागुन ११ गते ३.५ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम क्रमशः बढ्दै गएको हो।

उक्त दिन उपत्यकाको अधिकतम तापक्रम पनि घटेर १९.४ डिग्री सेल्सियसमा झरेको थियो। आज बेलुका नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसको प्रभावले शनिबार र आइतबार देशभरसँगै काठमाडौँ उपत्यकामा पनि घाम नलाग्ने तथा वर्षाको सम्भावना रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top