Nepal Times
Nepal Times
3
Shares

यु–१६ महिला साफः नेपाल आज बंगलादेशविरुद्ध भिड्दै

यु–१६ महिला साफः नेपाल आज बंगलादेशविरुद्ध भिड्दै

१९ फागुन ,काठमाण्डौ ।

हिजो देखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु भएको १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

त्यसैले पनि घरेलु मैदानमा भइरहेको यस प्रतियोगितामा नेपाललाई राम्रो प्रदर्शन गर्ने दवाब समेत रहेको छ । तर भारत र बंगलादेश सहज प्रतिद्वन्दी भने रहने छैनन् । भारतले हिजो उद्घाटन खेलमा भुटान विरुद्ध ७–० को जित निकालिसकेको छ । बंगलादेश पनि उमेर समुहमा सधै राम्रो प्रदर्शन गर्दै आइरहेको छ ।

यसैबीच नेपालका मुख्य प्रशिक्षक चक्र तामाङले प्रतियोगिताभन्दा अघिको पत्रकार सम्मेलनमा बोल्दै घरेलु मैदानमा आफुलाई फाइदा रहने बताएका छन् । करिब १ महिना देखि नेपाली टोलीले तयारि गरिरहेको एन्फा कम्प्लेक्समा नै प्रतियोगिता आयोजना भएको हुनाले नेपाली टोलीलाई आफु टोलीभन्दा बढी सजिलो हुने उनले बताए ।

उता उपाधि दावेदार मानिएको बंगलादेशका प्रशिक्षक शरिफुल टिटुले भने एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा खेल्नु आफ्नो लागि गाह्रो नहुने बताए । “हामी धेरैजसो समय कृत्रिम मैदानमा प्रशिक्षण गर्छौं । हामीले यस प्रतियोगिताको लागि घाँस पिचहरू प्रयोग गरेका थियौं तर टिमको लागि यो ठूलो समस्या भने होइन”, उनले भने ।

यसका साथै यस युवा टोलीमा उपाधि जित्ने दवाब राखेमा चाहेजस्तो प्रदर्शन वा खेलाडी विकास हुन नसक्ने समेत उनले भने । “सिनियर टोली साफ च्याम्पियन हो । तर यो युवा टोलीलाई उपाधि जिताउन दबाब दियौं भने पूर्ण क्षमताको विकास हुँदैन । त्यसैले हामी दबाब दिन चाहँदैनौं”।

सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.