×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युरोपमा समेत तहल्का मच्चाउँदै साम्बा, फ्रेन्च लिगमा डेब्यू गोल

२० फाल्गुन २०८०

२० फागुन, एजेन्सी ।

नेपाली राष्ट्रिय महिला टिमकी कीर्तिमानी फरवार्ड, स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले फ्रेन्च लिगमा समेत पहिलो गोल गरेकी छन् । साम्बा युरोपेली फुटबलमा आबद्ध भएर गोल गर्ने पहिलो नेपाली महिला खेलाडी हुन् । शनिबार भएको खेलमा सावित्राले क्लबका लागि ‘डेब्यु’ गोल गर्दा एन अभान्ट ग्वेंगाम्प एफसीले लिलविरुद्ध २–० को जित निकालेको छ ।

Advertisement
Advertisement

वैकल्पिक खेलाडीको रूपमा खेलको ८६औँ मिनेटमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी समयमा टिमका लागि गोल गरेकी हुन् । त्यसअघि एन्टोनी स्टारोभाले पेनाल्टीमा गोल गर्दै गेङगाम्प एफसीलाई अग्रतामा राखेकी थिइन् । सहयात्रीले विपक्षीबाट खोसेको बलमा पास पाएकी भण्डारीले काउन्टरमा गोल गरेकी थिइन ।

त्यसैगरी उनले ८८ औं मिनेटमा पनि गोल गर्ने राम्रो अवसर बनाएकी थिइन्, तर त्यो गोलमा परिणत हुन भने सकेन । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । जितसँगै १६ खेलबाट १५ अंक जोडेको ग्वेंगाम्प तालिकाको नवौँ स्थानमा उक्लिएको छ ।

समान खेलबाट आठ अंक जोडेको लिल तालिकाको ११औँ स्थानमा छ । सावित्राले भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी थिइन् । फाइनल छाडेर उनी फ्रान्स फर्किएकी थिइन् । यही खेललाई ध्यानमा राख्दै सावित्राले बिहीबार जोर्डन विरुद्धको फाइनल खेल समेत छाडेकी थिइन् ।

Advertisement

फाइनल नखेलेपनि वाफमा साम्बा सर्वाधिक गोलकर्ता हुन् । उनले नेपालले खेलेका फाइनल बाहेकका हरेक खेलमा गोल गरेकी थिइन । वाफ च्याम्पियनसिपमा नै साम्बाले आफ्नो अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी थिइन ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top