दुबईको जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी

१९ फागुन ८०, आइतबार

२० फागुन, काठमाण्डौ ।
जमजम इलेक्ट्रोनिक्स भाइरल दाजुभाइको इलेक्ट्रिोनिक पसल हो । यूएईमा पसल संचालन गरिरहेका यी दाजुभाइ खासगरी भिडियोका कारण भाइरल छन् । उनीहरु सडकमा मोबाइल फोन फ्याँकेर फोनको मजबुती देखाउने गर्दछन् । यस्ता भिडियोलाई लिएर उनीहरु विवादमा समेत आउने गरेका छन् ।

यिनै दाजुभाइको चर्चित इलेक्ट्रोनिक्स पसलको नाम जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा फेसबुक पेज बनाएर नागरिकलाई ठगी गर्ने गिरोहलाई उपत्यका अपराध अनुशन्धान प्रहरी कार्यालयले पक्राउ गरेको छ । सक्कली फेजबाट डाउनलोड गरेर नक्कली पोष्टहरु राखेर सर्वसाधारणलाई झुक्याएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरका अनुसार, दुबईमा रहेको जमजम इलेक्ट्रिोनिकले सामाजिक सञ्जालमा पोष्ट गर्ने भिडियोहरुको आडमा नेपालमा पनि नक्कली फेसबुकमा पेज बनाएर ठगी गर्ने गरेको भेटिएको हो। ‘पीडितहरुले जाहेरी दिएपछि अनुसन्धान गर्नेक्रममा चार जना पक्राउ परेका छन् , राठौरले भने, ‘सर्लाही घर भएका २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षका सिद्धार्थकुमार सिंह, बारा घर भइ भक्तपुरको गठ्ठाघर बस्ने २२ वर्षीय राम सेवक राम र पर्सा घर भइ गठ्ठाघर बस्ने २४ वर्षका आकाश शाह सोनारलाई पक्राउ गरिएको छ ।’

Advertisement

उनीहरुले सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग रकम माग गरेको समेत पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, उनीहरुले पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा रकम पठाउन लगाएर विभिन्न खातामा ट्रान्फर गरेर तेस्रो व्यक्तिको एटीएम प्रयोग गरेर भुक्तानी लिने गरेका थिए ।

पक्राउ परेकाहरुले फरक–फरक सीम कार्डको प्रयोग गरेर मोबाइल बैंकिङ, वालेट एकाउन्टहरु समेत सुचारु गरेर आर्थिक कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका ७ वटा मोबाइल, १६ वटा समि कार्ड, २९ वटा एटीएम कार्ड, विभिन्न बैंकको खातामा डिपोजिट गरेको १६ वटा रसिद लगायत बरामद गरेको छ ।

Advertisement

उनीहरुले रकम भुक्तानी लिइसकेपछि काठमाडौं उपत्यका छाडेर बारा, पर्सातिर लुकेर बस्ने गरेको समेत खुलेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाउने उपत्यका अपराध अनुशन्धान प्रहरी कार्यालयले जनाएको छ । पाकिस्तानीमूलका जमजम इलेक्ट्रोनिक्सका भाइरल दाजुभाइको दुबईमा आधादर्जन इलेक्ट्रोनिक्स पसलहरु रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top