Nepal Times
Nepal Times
3
Shares

भारतविरुद्ध खेलेका क्रिकेटरलाई पुरस्कारः छक्काको २० हजार ,कसले कति पाए ?

भारतविरुद्ध खेलेका क्रिकेटरलाई पुरस्कारः छक्काको २० हजार ,कसले कति पाए ?

२० फागुन , काठमाण्डौ ।

एसियन गेम्स २०२३ मा नेपाल र भारत बीच सम्पन्न क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र प्रशिक्षक मोन्टी देशाईलाई नेपालको पहिलो फेन्टासी एप टिम ११ ले सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बीच एप टिम ११ ले खेलाडीहरू र राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक देशाइलाई सम्मान गरेको हो ।

टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका रु.१० हजार, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का रु.२० हजार र विकेट लिने खेलाडीलाई प्रति विकेट रु.२० हजार दिने घोषणा गरेको थियो ।

सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत रु.१ लाख २० हजार, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत रु.७० हजार, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत रु ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत रु.६० हजार, करन के.सीले एक चौका र २ छक्का प्रहार गरेबापत रु.५० हजार प्राप्त गरेका छन् ।

 

त्यसैगरी आशिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत रु.३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्का प्रहार गरेबापत रु.४० हजार र गुल्सन झाले एक चौका प्रहार गरेबापत रु.१० हजार पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

साथै राष्ट्रिय टोलीको प्रशिक्षक देशाईलाई समेत कार्यक्रममा मायाको चिनोले सम्मान गरिएको थियो । नेपालको पहिलो सिपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगीताहरुलाई समर्थन तथा सम्मान गदै आएको छ ।

यसअघि अर्ना बियर र डिसहोमले समेत आइसीसी विश्वकप अन्र्तगत एसिया छनोट प्रतियोगितामा खेलेका नेपाली क्रिकेट खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.