गठबन्धन भत्किएपछि कोही विदेशमै पूर्वमन्त्री, कसैको टिकट क्यान्सिल

२० फागुन ८०, सोमबार

२१ फागुन , काठमाण्डौ । 

सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका सत्तारुढ गठबन्धन भत्किएर गत वर्ष १० पुसमा एमाले नेतृत्वमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका कृही मन्त्री अप्ठ्यारोमा परेका छन् । नयाँ समीकरण अनुशार माओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्ने भएपनि नयाँ मन्त्रिपरिषद् गठन हुने भएपछि फिनल्याण्ड उड्न ठीक्क भएका परराष्ट्रमन्त्री एनपी साउदको भ्रमण तालिका अन्तिम समयमा आएर रोकिएको छ ।

परराष्ट्र मन्त्रालयले २१ घण्टा अगाडि साउद फिनल्याण्डको राजधानी हेल्सेन्स्कीतर्फ जाने सूचना प्रकाशन गरेको थियो । तर, अहिले नयाँ राजनीतिक घटनाक्रम सार्वजनिक भएसँगै परराष्ट्रले उक्त सूचना नै हटाएको छ । फिनल्याण्डमा आयोजना भएको संयुक्त राष्ट्रसंघको अतिकम विकसित देशहरूको फ्यूचर फोरमको दोस्रो समारोहमा जान लागेका साउद रोकिएका हुन् । मार्च ५ र ६ मा आयोजना हुने कार्यक्रममा जान साउद अन्तिम तयारीमा रहेका थिए ।

Advertisement

साउदको मार्च ५ को उद्घाटन सत्रमा सम्बोधन तय समेत भएको थियो । उनको राति दुई बजे उनको फ्लाइट रहेको थियो । परराष्ट्रमन्त्री एनपी साउद कतार हुँदै फिनल्याण्ड जाने तयारीमा थिए । तर विज्ञप्ति जारी भएको केहीबेरमै प्रधानमन्त्री प्रचण्डले फिनल्याण्ड भ्रमण रद्द गर्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्रमन्त्री साउदले परराष्ट्र सचिव सेवा लम्साललाई फोन गरी भ्रमण रद्द गर्न भनेका थिए ।

त्यसपछि परराष्ट्रले अर्को विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदको फिनल्याण्ड भ्रमण रद्द भएको जानकारी दिएको थियो । यस्तै यता सरकार बनेको गठबन्धन तितरबितर भएपछि दुबई भ्रमणमा रहेका श्रममन्त्री शरदसिंह भण्डारीले देश नफर्किँदै पूर्व मन्त्री बन्ने भएका छन् । भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट मन्त्री बनेका थिए । लोसपालाई नयाँ सत्ता समीकरणमा ल्याउने टुंगो भइसकेको छैन।

Advertisement

प्रचण्ड र एमाले अध्यक्ष ओली अहिले जनता समाजवादी पार्टीसँग संवादमा छन् । जसपाबाट उपेन्द्र यादव मन्त्री बन्न तयार छन् । तर लोसपासँग दुई नेताको संवाद अघि बढेको छैन। यस्तो अवस्थामा यूएईमा भइरहेको दुबई रोजगार मेलामा सहभागी हुन १९ फागुनमा गएका श्रममन्त्री शरदसिंह भण्डारीको पद नेपाल फर्किन नपाउँदै खुस्किएको छ । उनी श्रमसचिव केवल प्रसाद भण्डारीसहितको जम्बो टोली लिएर दुबई भ्रमणमा गएका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा दुबईमा आयोजना भएको रोजगार मेलामा उनले सम्बोधन पनि गर्ने कार्यक्रम थियो। यसअघि विमानस्थलमा पुगेर काटेको टिकटमा उड्न मात्रै बाँकी रहेकी ततकालीन परराष्ट्रमन्त्री विमला राईले एक वर्ष अगाडि फागुनमै यस्तै नियति भोग्नु परेको थियो ।

२०७९ फागुन १४ गते तत्कालीन परराष्ट्रमन्त्री बिमला पौडेल राई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५२औँ सभामा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा जान लागेकी थिइन् । फागुन १४ गते साँझ ६ बजे उनको फ्लाइट रहेकोमा त्यसको केही समय अघि मात्रै उनको भ्रमण स्थगित गराइएको थियो । मुख्यसचिवले उनलाई फोनमा जेनेभा नजान र भ्रमण रद्द गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन भएको जानकारी दिएका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयले राईको जेनेभा रद्द भएको घोषणा गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top