कम्युनिस्टसंग खुसी भयो नेप्से,एकैदिन तीन सर्किट

२० फागुन ८०, सोमबार

२१ फागुन , काठमाण्डौ । 

कम्युनिस्ट गठबन्धन बन्ने निश्चित भएपछि सोमबारको सेयर बजारमा लगातार तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि पुरै दिनका लागि सेयर कारोबार स्थगति भएको हो । नेप्सेमा कारोबार सुरु भएको पहिलो तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो ।

त्यसपछि ११ बजेर २४ मिनेटमा खुलेको बजार एक मिनेटमा नै थप एक प्रतिशतले बढेर ५.०३ प्रतिशत वृद्धि भएपछि दोस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि १२ बजेर ४ मिनेटमा खुलेको सेयर बजार थप एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आजका लागि कारोबार बन्द भएको हो ।

Advertisement

कारोबारमा सर्किट लागेर ११७.७० अंकले बढ्दा नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको मूल्य बढेको छ । तर, नेप्सेमा सूचिकृत २३७ वटा कम्पनीमध्ये पाँच वटाको भने मूल्य घटेको छ । नेप्सेअनुसार सोमबार गणपति लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ड फण्ड–२, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र एनआइबीएल समृद्धि फन्ड–२ को सेयर मूल्य घटेको छ ।

लामो समयदेखि पुँजीबजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो । आज ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सोमवार कारोबारमा आएका २३७ कम्पनी मध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सोमवारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ । त्यस्तै,१३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top