Nepal Times
Nepal Times
3
Shares

कम्युनिस्टसंग खुसी भयो नेप्से,एकैदिन तीन सर्किट

कम्युनिस्टसंग खुसी भयो नेप्से,एकैदिन तीन सर्किट

२१ फागुन , काठमाण्डौ । 

कम्युनिस्ट गठबन्धन बन्ने निश्चित भएपछि सोमबारको सेयर बजारमा लगातार तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि पुरै दिनका लागि सेयर कारोबार स्थगति भएको हो । नेप्सेमा कारोबार सुरु भएको पहिलो तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो ।

त्यसपछि ११ बजेर २४ मिनेटमा खुलेको बजार एक मिनेटमा नै थप एक प्रतिशतले बढेर ५.०३ प्रतिशत वृद्धि भएपछि दोस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि १२ बजेर ४ मिनेटमा खुलेको सेयर बजार थप एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आजका लागि कारोबार बन्द भएको हो ।

कारोबारमा सर्किट लागेर ११७.७० अंकले बढ्दा नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको मूल्य बढेको छ । तर, नेप्सेमा सूचिकृत २३७ वटा कम्पनीमध्ये पाँच वटाको भने मूल्य घटेको छ । नेप्सेअनुसार सोमबार गणपति लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ड फण्ड–२, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र एनआइबीएल समृद्धि फन्ड–२ को सेयर मूल्य घटेको छ ।

लामो समयदेखि पुँजीबजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो । आज ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सोमवार कारोबारमा आएका २३७ कम्पनी मध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सोमवारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ । त्यस्तै,१३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.