×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

गठबन्धन भत्किनुको कारण माओवादी, कांग्रेस कि एमाले ?

२१ फाल्गुन २०८०

२१ फागुन , काठमाण्डौ ।

अन्ततः वामलोकतान्त्रिक सत्ता गठबन्धन भत्किएको छ । भर्खरै सम्मपन्न नेपाली कांग्रेसको महासमिति बैठकमा माओवादी र समग्र गठबन्धन विरुद्धको आवाज बुलन्द भएपछि झस्किएको माओवादीले राष्ट्रिय सभा अध्यक्ष समेत गुमाउने स्थिती आएपछि पुन पुस १० कै वाम गठबन्धनमा फर्किने निर्णय गरेको छ । सत्तारुढ गठबन्धन भित्रको असमझदारीलाई बाहिरैबाट नियालीरहेको बलियो प्रतिपक्ष एमाले र रास्वपाले सरकार हाकिरहेको माओवादीलाई साथ दिएपछि सत्तारुढ गठबन्धन भत्किएको छ ।

Advertisement
Advertisement

फेरि एमाले र रास्वपाले बालकुमारी घटनामा दोषी देखिएका यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामालाई प्रमुख एजेण बनाएपछि प्रधानमन्त्री प्रचण्ड झनै दबाबमा आइरहेको बेला कांग्रेस मन्त्री हेरफेर गर्न पूर्ण उदार नदेखिएपछि नयाँ गठबन्धनको पुर्नजन्म भएको छ। नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेका कारण सत्ता गठबन्धन परिर्वतन गर्नुपरेको दाबी गरेका छन्।

उनले बालुवाटारको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले कम्युनिष्टहरु धुव्रीकरण गर्दै लैजानका लागि यो कदम चालेको बताए। उनले वामपन्थी धुव्रीकरण आवश्यकता देखिएकाले यो कदम चालिएको उल्लेख गरे । ‘प्रधानमन्त्रीलाई काम गर्न सहज गरिदिनुपर्छ। प्रधानमन्त्री अर्थ मन्त्रालय प्रमुख नै हुन्छ ,’ उनले भने , ‘सरकारमा रहनु भनेको काम गर्नु हो। प्रधानमन्त्रीले मंसिरदेखि सरकार पुनर्गठन चाहनुभएको थियो । जनताको काममा अघि बढाउन कांग्रेसका मन्त्रीहरुको सहयोग भएन।’

उनले प्रधानमन्त्रीलाई सरकार परिर्वतन गर्न नदिनु, अर्थमन्त्रीले काम नगर्नु र अरु मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेको उनले दाबी गरेका छन् । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । अब गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।

त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ । अब नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै प्रदेशहरूमा मुख्यमन्त्री फेरिने भएका छन्। कोशीमा कांग्रेसका केदार कार्की, मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेस सुरेन्द्रराज पाण्डे, कर्णालीमा माओवादीका राजकुमार शर्मा, लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी, सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ , रास्वपाका २१ र जसपाका १२ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top