विश्वकै धननढ्य को हो ? जेफ बेजोस कि बर्नाड अर्नाल्ट ?

२२ फागुन, एजेन्सी ।

अमेजनका संस्थापक जेफ बेजोस फेरि संसारकै धनाढ्य बनेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनी एलोन मस्कलाई पछि पार्दै फेरि संसारकै धनी व्यक्ति बनेका हुन् । ब्लुमबर्गका अनुसार बेजोसको कुल नेटवर्थ हाल २ सय बिलियन डलर छ भने मस्सको कुल नेटवर्थ हाल १९८ बिलियन डलर छ ।

ट्वीटर किनेपछि त्यसलाई एक्समा रिब्रान्डिङ गरेका मस्कले गत वर्ष ३१ बिलियन अमेरिकी डलर घाटा व्योहोरेको इन्डेक्समा उल्लेख छ । बेजोसले भने सोही समयमा २३ बिलियन डलर थप कमाएका छन् । मस्क एलभीएमएसका प्रमुख कार्यकारी अधिकृत बर्नाड अर्नाल्टलाई पछि पार्दै सन २०२३ को मे महिनामा संसारकै धनी व्यक्ति बनेका थिए ।

Advertisement

अर्नाल्टको कुल नेटवर्थ हाल १९७ बिलियिन रहेको छ । मस्क, बेजोस र अर्नाल्ट धनाढ्यको टप स्पटका लागि धेरै समयदेखि प्रतिस्पर्धामा छन् । विश्वमा चौथो धनीमा मेटाका संस्थापक मार्क जुकरबर्ग छन् । उनको कुल नेटवर्थ १७९ बिलियन अमेरिकी डलर छ । त्यसपछि बिल गेट्स १५० बिलियन अमेरिकी डलरसहित पाँचौ स्थानमा छन् ।

भारतका मुकेश अम्बानी ११५ बिलियन अमेरिकी डलर नेटवर्थसहित विश्वको धनाढ्यको सूचीमा ११ औं स्थानमा छन् । १२ औं स्थानमा भारतकै गौतम अडानी छन् । उनको कुल नेटवर्थ १०४ बिलियन अमेरिकी डलर छ । चीनका ज्याकमा ३०.६ बिलियन अमेरिकी डलरको नेटवर्थसहित विश्वको धनाढ्यको सूचीमा ५० औं नम्बरमा छन् ।

Advertisement

ब्लुमबर्ग बिलिनियर इन्डेक्सको सूचीमा जेफ बेजोस शीर्ष धनाढ्यको सूचीमा रहेपनि फोब्र्सको रियल टाइम बिलिनियर्समा बर्नाड अर्नाल्ट २२८ बिलियनसहित शीर्ष स्थानमा छन् । फोब्र्सको सूचीमा मस्क २०२ बिलियनसहित दोस्रो स्थानमा छन् भने जेफ बेजोस तेस्रो स्थानमा छन् ।

उनको कुल नेटवर्थ १९८ बिलियन रहेको उल्लेख छ । यो सूचीमा मुकेश अम्बानी नवौ स्थानमा छन् भने गौतम अडानी १७ ओं स्थानमा छन् । यो सूचीमा नेपालका एक मात्रै बिलिनियर्स विनोद चौधरी १ दशमलव ८ बिलियनसहित १६ सय ७२ औं स्थानमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top