रक्षा बजेटमा अमेरिका अगाडि, कहाँ छन् भारत र चीन ?

२२ फागुन, विराटनगर । 

विश्व शक्तिराष्ट्र चीन पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनले ग्रस्त छ । जसबाट छुट्कारा पाउँन चीनले यो वर्षका लागि ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ । चीनका प्रिमियर लि किआंगले मंगलबार देशको अर्थतन्त्रलाई सुधारका लागि आवश्यक कदमहरु चाल्न तयार रहेको र आर्थिक वृद्धि ५ प्रतिशतको हासिल गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

चीनको प्रतिनिधिसभा सभा नेसनल पिपुल्स कंग्रेसमा आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । चीनमा पछिल्लो समय सोचेभन्दा कम मात्रामा अर्थतन्त्रमा विकास भइरहेका कारण समस्या देखिएको छ । कोरोना महामारीपछि चीनका नागरिकहरुको खर्च गर्ने क्षमतामा कमी आएको छ र उनीहरुले सोचेभन्दा कम खर्च गरिरहँदा सरकारले राखेको आर्थिक लक्ष्य पूरा हुन सकेको छैन ।

Advertisement

यसबीच किआंगले सरकारले अर्थतन्त्रमा स्थीर वृद्धिका लागि आवश्यक कदमहरु चालेर अघि बढ्ने बताएका हुन् । उनले अवस्था नाजुक बन्न सक्ने कुरालाई बेवास्ता गर्न नमिल्ने बताउँदै आवश्यक कदमहरु चालेर स्थीर आर्थिक बृद्धि हासिल गर्ने बताएका छन् । सँगै उनले रक्षा प्रणालीको खर्चलाई बढाउने पनि जानकारी दिएका छन्, जसलाई ताइवानसँग जोडेर हेरिएको छ ।

चीन एकातिर आर्थिक संकुचनसंग जुधिरहेको छ भने अर्कातिर लगातार अफ्नो रक्षा बजेट बढाइरहेको छ । यस वर्ष पनि चीनले आफ्नो रक्षा बजेटमा वितेको पाँच वर्षमा सबैभन्दा धेरै ७.२ प्रतिशतले बृद्धि गरेको छ । यो बृद्धिसंगै चीनको रक्षा बजेट यो वर्ष १.६७ ट्रिलियन युआन अर्थात २३१ अर्ब अमेरिकी डलर पुगेको छ । मिडिया रिपोर्टहरुमा चीनको अर्थ मन्त्रालयको वार्षिक रिपोर्टका आधारमा यस्तो दाबी गरिएको छ ।

चीन, अमेरिकापछि रक्षा बजेटमा सबैभन्दा धेरै खर्च गर्ने अर्को मुलुक हो । यस्तै चीनको रक्षा बजेट भारतको बजेटभन्दा तीन गुणाले ठूलो छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव रहदै आएको छ र दुवै देशका सैनिकहरु कयौ पटक आमनेसामने भएका छन् । यद्यपी सेनालाई आधुनिक बनाउँने कुरामा चीन, भारतभन्दा निकै अगाडि देखिएको छ ।

यसको एक कारणमा चीनको विशाल रक्षा बजेटलाई लिन सकिन्छ, जुन भारतको बजेटभन्दा तीन गुणाभन्दा पनि ठुलो छ । भारतको यो वर्षका लागि रक्षा बजेट ६ लाख २१ हजार ५४१ करोड भारतीय रुपैंया, अर्थात ७४.८ अर्ब डलर रहेको छ । यता चीनको यो वर्षको रक्षा बजेट झण्डै २३२ अर्ब डलर छ, जो भारतको बजेट भन्दा धेरै नै ठूलो हो ।

चीनका राष्ट्रपति सी जिनपिंगले आफ्नो सेना पीएलएलाई आधुनिक बनाउनका लागि के लिए सन २०२७ सम्मको लक्ष्य निर्धारण गरेका छन् । सोही अनुसार नै चीनले आफ्नो रक्षा बजेटमा बृद्धि गर्दै लगेको हो । साथै चीनको दक्षिण चीन सागरमा फिलीपिन्स, जापान समेत कयौं देशहरुसंग विवाद चलिरहेको छ । ताइवानका लागि चीनले वर्षौदेखि सैन्य अभ्यास जारी राखेको छ ।

ताइवानलाई लिएर अमेरिका प्रत्यक्षरुपमा नै उसको अघि उभिने सम्भावना पनि छ । यता सीमामा विवादका कारण भारतसंग पनि चीनको सम्बन्ध सुध्रिन सकेको छैन । यी सब कारण पनि चीन लगातार आफ्नो सेनालाई आधुनिक बनाउन लागि परेको छ । खासकर चीनले आफ्नो नौसेनामा निकै लगानी गरिरहेको छ । सोही कारण पनि आज चीनको नौसेना जहाजहरुको मामिलामा विश्वकै सबैभन्दा ठूलो नौसेना बनेको छ ।

चीनले एयरक्राफ्ट क्यारियरको पनि निर्माण गरिरहेको छ र हिंद महासागरका कयौं देशहरुमा चीनले आफ्नो अड्डा बनाएको छ ।चीनको सेना सैनिकहरुको संख्याका मामिलामा सबैभन्दा ठूलो हो । साथै चीनको सेनामा २ रकेट फोर्स छ र यही रकेट फोर्सले नै परमाणु हतियारहरुको संचालन पनि सम्हालेको छ । चीनमाथि आरोप छ कि उ चुपचाप आफ्नो रकेट फोर्सको विस्तार गरिरहेको छ ।

रक्षा विशेषज्ञहरु मान्दछन् कि चीनको रक्षा बजेट जसरी बाहिर बताइएको छ त्योभन्दा धेरै हुनसक्छ । किनभने चीन आफ्नो सैन्य रिसर्च र डेभलेपमेन्टको बजेटलाई रक्षा बजेटमा सामेल गर्दैन । यद्यपी जहाँ एकातर्फ चीन लगातार आफ्नो सैन्य ताकत बढाइरहेको छ, अर्कातर्फ उसको चुनौतीहरु पनि बढ्दै गएका छन् । चीनले पछिल्लो पटक आफ्नो रक्षा प्रमुखलाई कुनै कारण नखुलाइकनै पदबाट हटाइदिएको थियो ।

साथै कयौं शीर्ष जनरलहरुलाई पनि परिवर्तन गरेको छ । यसबाट के बुझ्न सकिन्छ भने चीनको सेनामा निकै समस्या छ । तर पनि तीन वर्षभित्र आफ्नो सेनालाई पूर्ण आधुनिक बनाउने चीनको योजना, त्यसका लागि ठूलो बजेट छुट्याउँनुले भने अमेरिकाको पनि धड्कन बढाएको छ । यद्यपी यो मामिलामा चीन अमेरिकाभन्दा अझै पनि निकै पछि छ । तर चीनको बढ्दो दबदबाले अमेरिका चिन्तित भने भएको छ ।

जबकी अहिले पनि रक्षा बजेटको मामिलामा अमेरिका सबैभन्दा अघि छ,चीन अमेरिकाभन्दा निकै पछि छ ।अमेरिकाको गतवर्षको रक्षा बजेट ८८६ अर्ब डलर थियो । चीनबाट बढिरहेको चुनौतीलाई ध्यानमा राखेर अमेरिका आफ्नो मात्रै होइन, अस्ट्रेलिया र ब्रिटेनको पनि सेनालाई बलियो बनाउन जुटेको छ । यता भारतसंग पनि अमेरिकाले रणनीतिक सहयोग बढाइरहेको छ ।

यस्तोमा चीनले अब अमेरिकासंग आफ्नो सम्बन्धलाई सुधान गर्नतर्फ पनि ध्यान दिएको छ । यसका लागि पछिल्ला वर्षहरुमा दुवै देशले केही पहल पनि गरेका थिए । तर चिनियाँ बलुन प्रकरण, ताइवानमा न्यान्सी पलोसीको भ्रमण लगायतका कारणले सम्बन्धमा भनेजस्तो सुधार आउन सकेको छैन ।

तर यसैबीच चीनले आगामी दिनहरुमा अमेरिकासंगको सम्बन्धमा सुधार आउने आशा लिएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा चीनले व्यक्त गरेको छ । ह्वाइट हाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने गरी आगामी नोभेम्बरमा हुने चुनावमा अमेरिकीहरूले भाग लिनेछन् ।

“तपाईंले अमेरिकी राष्ट्रपतिको चुनावको बारेमा उल्लेख गर्नुभयो, यो संयुक्त राज्य अमेरिकाको आन्तरिक मामिला हो,” चिनियाँ संसद्का प्रवक्ता लू किन्जियानले सोमबारको पत्रकार सम्मेलनमा भने । “संयुक्त राज्य अमेरिकाले चीनसँग जो सुकै राष्ट्रपति भए पनि अमेरिकाले एउटै लक्ष्यका साथ अर्थात् स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धका लागि काम गर्न सक्छ भन्नेमा हामी पूर्ण आशा गर्छौं,” लूले भनेका छन् ।चीनको स्थिति स्थिर रहेको र चीन–अमेरिकाबीचको सम्बन्ध स्थिर र सुधारिएको अवस्थामा देख्न सबै आतुर रहेको उनले बताएका छन् ।

आर्थिक संकुचनका बावजुद चीनले प्रत्येक वर्ष बढाउँदै लगेको रक्षा बजेट, यद्यपी अमेरिका अझै पनि रक्षा बजेटमा चीनभन्दा कयौं गुणा ठूलो रहेको स्थिति, तथापी चिनियाँ चुनौतीको सामना गर्न पश्चिमासहित र भारतसंग पनि अमेरिकाको रणनीतिक साझेदारीबारे तपाइँका टिप्पणीहरु के छन्, अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top