तेस्रो संस्करण इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता शुरु

२३ फागुन, विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको मंगलबारको उद्घाटन खेलमा मोरङ र इलाम विजयी भएका छन् ।

पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ५५ को स्कोर खडा गरेको थियो ।

Advertisement

मोरङका लागि प्लेयर अफ द म्याच सानु राजवंशीले ५९ रन जोड्दा नमिता श्रेष्ठले १९ रन जोडिन् । सम्तरीका बन्दना रजक र मञ्जु रामले १–१ विकेट लिइन् ।

१ सय ५६ रनको स्कोर पछ्याएको सप्तरीले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । सप्तरीकी सुस्मीता यादवले सर्वाधिक १२ रन जोडिन् ।

Advertisement

मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बुले समान ३–३ विकेट लिइन् । दोस्रो खेलमा इलामले सिरहालाई ५ रनले पराजित गरेको छ ।

टस जिेतर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ४ गुमाई १ सय ४६ रनको स्कोर खडा गरेको थियो ।

इलामको लागि प्लेयर अफ द म्याच प्रियंका राईले नटआउट ५३ रन बनाउँदा चिजा राईले १९ रन बनाइन् ।

सिरहाकी अर्चना महतो, अजमेरि खातुन, मिना महतो र निलम महतोले १–१ विकेट लिइन् । १ सय ४७ रनको लक्ष्य पछ्याएको सिरहाले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ४१ रनमा सिमित भयो ।

सिरहाकालागि मिना महतोले ३३ रन बनाउँदा निलम महतोले २८ रन बनाइन् । इलामकी पुस्मिता मुखियाले २ विकेछ लिँदा जानुका खवासले १ विकेट लिइन् ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पु¥याउन खेलको आयोजना गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

फाल्गुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेका खेल सम्योजक विशाल साहले बताए ।

लिगको आधारमा खेलाई प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल सम्योजक साहले बताए । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने सम्योजक साहले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top