Nepal Times
Nepal Times
3
Shares

महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम फाइनलमा

महिला क्रिकेट प्रतियोगितामा मोरङ र इलाम फाइनलमा

२३ फागुन, विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको बुधबारको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इलामले लगातार दुई खेलमा जित हात पारेको छ ।

पहिलो खेलमा सप्तरीलाई पराजित गरेको थियो । हार पछि सिरहा एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ५३ रनको सामान्य योगफल तयार पारेको थियो ।

सिरहाका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । इलामकी प्लेयर अफ द म्याच यमुना राईले ४ विकेट लिँदा मुना राई र पुस्मिता मुखियाले २–२ विकेट लिए ।

५४ रनको सामान्य लक्ष्य पाएको इलामले १० दशमलव १ बलमा ६ विकेट गुमाई भेट्टाएको थियो । इलामकी प्रियंका राईले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् ।

सिरहाकी अपेक्षा यादव र साक्षी यादव ३–३ विकेट लिइन् । दोस्रो खेलमा मोरङले सप्तरीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मोरङले लगातार दुई खेलमा जित हात पारेको छ ।

पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो । हार पछि सप्तरी एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ । ।

टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ७ गुमाई ७३ रनको स्कोर खडा गरेको थियो । सप्तरीका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् ।

मोरङकी प्लेयर अफ द म्याच सानु राजवंशीले २ विकेट लिँदा कृतिसा धामी र चाँदनी यादवले पनि २–२ विकेट लिइन् । ७४ रनको लक्ष्य पछ्याएको मोरङले ८ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको छ ।

मोरङलागि सानु राजवंशीले २५ रन बनाउँदा नमिता श्रेष्ठले नटआउट २० रनको योगदान दिइन् । सप्तरीकी मिना महतो र अजमेरि खातुनले १–१ विकेट लिइन् ।

विहिवारको पहिलो खेल मोरङ र इलाम र दोस्रो खेल सप्तरी र सिरहाविच हुने खेल संयोजक विशाल साहले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.