NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

सिन्को नभाँचेका महासेठलाई मालदार मन्त्रालय

बिहिबार फाल्गुन २४ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
सिन्को नभाँचेका महासेठलाई मालदार मन्त्रालय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ फागुन, काठमाण्डौ । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नव गठित मन्त्रिपरिषद्मा वरीयताका आधारमा अन्य सबै मन्त्रीभन्दा अघि भएका एमाले सचिव रघुवीर महासेठले मालदार मन्त्रालय पाएका छन् । उनले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । यद्यपी यस पटक सरकारमा सहभागि भएकामध्ये सबैभन्दा ठूलो दल भएर पनि सबैले छाडेका मन्त्रालय एमालेले लिएको छ ।

यसमा अनेकखाले टिकाटिप्पणी र शंकाउपशंकाहरु भइरहेका छन् । तर बुधबार गठित २० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री प्रचण्डपछिको दोस्रो वरीयतामा एमालेका सचिव रघुवीर महासेठ नै छन् । साथै राजनीतिक र कर्मचारी वृत्तमा ‘मालदार मन्त्रालय’को रुपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पनि उनैले पाएका हुन् ।

LS Auto

महासेठसंग यसअघि पनि यही मन्त्रालय सम्हालिसकेको अनुभव छ । अघिल्लो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा सिन्कोसम्म नभाँचेका महासेठले समस्यै समस्याको भूमरीमा फसेको बेला मन्त्रालयलाई कसरी पार लगाउछन् ? त्यो उनको आगामी कार्यशैलीमा निर्भर रहनेछ । जसका लागि उनले निकै ठूलो मिहेनत गर्नुपर्ने देखिन्छ ।

यद्यपी बुधबार पदभार ग्रहण गर्दै महासेठले पूर्वाधार निर्माणमा भएका ढिलाइबारे अध्ययन गर्न ५ सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय गरेका छन । उनले मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएर काममा भइरहेको ढिलाइ हटाउन योजनासहित के गर्नुपर्छ, त्यसमा आफू लाग्ने बताउँदै थपे, ‘चाहे त्यो सडक, पुल वा रिंगरोड निर्माण ढिलाइ नै किन नहोस्, सबैको सम्बन्धमा १५ दिनभित्र प्रतिवेदन दिने गरी कार्यदल बनाउने निर्णय गरेको छु ।

कार्यदलले यसका सबै कारणसहित जवाफ दिनेछ ।’ तर भौतिक पूर्वाधार मन्त्रालय अहिले समग्ररुपमा बजेट अभावको समस्या व्यहोर्न बाध्य भएको छ । राष्ट्रिय गौरवका आयोजनादेखि साना आयोजनासम्मले अहिले बजेट अभावको समस्याबाट गुज्रिनुपरेको छ । पछिल्लो समयमा प्रायःजसो सबै प्रकारका भौतिक पूर्वाधारसम्बन्धी आयोजना र योजना बजेटका कारण थला परेका छन् ।

अर्कोतर्फ भौतिक पूर्वाधारको आयोजना अघिबढ्न नसक्नुमा जग्गा मुआब्जा, वन क्षेत्रको जग्गा भोगचलन तथा रुख विरुवा कटानी पनि प्रमुख चुनौतीको रुपमा देखापरेको छ । बर्षौंबर्षसम्म जग्गाको मूल्यांकन, मुआब्जा, वन क्षेत्र सदुपयोग र रुख विरुवा कटानीसम्बन्धी नीतिगत निर्णय नहुँदा त्यसको मार हुलाकी सडक, तराई मधेश द्रुत मार्ग, पूर्व–पश्चिम रेलमार्ग, कान्ति राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण व्यापारिक राजमार्गलगायत दर्जनौं आयोजनामा परेका छन् ।

राज्यका तर्फबाट अन्तरमन्त्रालय समन्वयको अभावमा बर्षौंसम्म नीतिगत रुपमा समस्याको समाधान नहुँदा अधिकांश भौतिक पूर्वाधारका आयोजना डेट एक्सपायर भएपनि निर्माण सम्पन्न हुन सकेका छैनन् । आयोजनास्थलमा स्थानीयको विभिन्न माग र अवरोधलाई पनि समयमै नीतिगत रुपमा समाधान नगरिँदा आयोजनाहरु निर्धारित समयमा सम्पन्न हुन नसकेको ठूलो चुनौती पनि मन्त्री महासेठ सामु छ ।

यस्तै बजेट निर्माण गर्ने पूर्वसन्ध्यामा भौतिक पूर्वाधार मन्त्री बनेका महासेठले राजनीतिक दलका नेता तथा कार्यकर्ताले गोजीबाट निकाल्ने योजनालाई आगामी बजेटमा समावेश गर्ने वा त्यो कार्यमा बन्धेज लगाउने काम पनि उनको लागि फलामे च्युरा चपाएजस्तै हुनेछ । यसैपनि महासेठ यसअघि विभिन्न मन्त्रालयमा काम गरिसकेका र ‘टेष्टेड’ हुन् ।

उनी कमजोर कार्यसम्पादनका कारण आलोचनाको केन्द्र विगतदेखि नै छन् । एमाले अध्यक्ष केपी ओली दाहिना भएकै कारण उनले पटक–पटक शक्तिशाली मन्त्रालय पाएको एमालेका नेताहरू नै बताउँछन् । यसबाहेक महासेठ यसअघि भौतिक पूर्वाधार मन्त्री हुँदा कर्मचारीहरू हायल–कायल भएका थिए ।

‘उनले रकम नलिइकन कुनै कार्यालयमा इन्जिनियरहरूको पोस्टिङ गर्दैनन् भन्ने आरोप नयाँ होइन । यसबाहेक महासेठ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन घेरामा परिरहेका व्यक्ति हुन् । महासेठले मन्त्री पदमा रहँदा भ्रष्टाचारमार्फत् कालो धन जम्मा गरेको आरोप व्यहोराको उजुरी विभागमा ‘तामेली’मा छ ।

Tags: #रघुवीरका अबका चुनौती

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.