Nepal Times
Nepal Times
3
Shares

नेपालीसमेत रहेको पानी जहाजमा हुथीको आक्रमण

नेपालीसमेत रहेको पानी जहाजमा हुथीको आक्रमण

२४ फागुन, एजेन्सी ।

यमनका हुथी विद्रोहीले नेपाली सुरक्षा गार्डसमेत रहेको एक मालवाहक पानीजहाजमा आक्रमण गर्दा तीन जनाको ज्यान गएको छ । जहाजमा २० जना चालक दलका सदस्य र सशस्त्र गार्ड रहेकामा एक जना नेपाली पनि रहेका थिए । जहाजमा रहेका नेपाली सशुसल छन्, घाइते छन् वा मारिएका छन् भन्नेबारे खुलेको छैन् ।

पहिल्लो केही महिनादेखि हुथीले विभिन्न देशमा पानी जहाजमा आक्रमण गर्दै आए पनि ज्यान गएको भने यो पहिलो घटना हो । इजरायलले गाजामा अनाथ मानिसहरूमाथि गरिरहेको आक्रमणको विरोधमा जहाजमा आक्रमण गरिरहेको हुथीले बताएको छ। उनीहरूले इजरायल वा उसलाई समर्थन गरेको देशहरूसँग सम्बन्ध भएका पानीजहाजलाई निसाना बनाएर आक्रमण गर्ने गरेका छन् ।

हिजो भएको आक्रमणमा चालक दलका तीन जनाको ज्यान गएको र चार जना घाइते भएका अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजो अदनको खाडीमा बार्बाडोसको झण्डासहित सामान बोकेको जहाजमा हुथीले आक्रमण गरेपछि आगो लागेको थियो । अमेरिका र बेलायतले हुथीको यो आक्रमणको चर्को निन्दा गर्दै उनीहरूले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

अमेरिका र बेलायतले यमनमा हुथीका अखडामा आक्रमण पनि गर्दै आएका छन् तर हुथी पछि हटेको छैन । हुथीले भने उक्त जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि हमला गरेको हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.