×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

कांग्रेसमाथि प्रचण्डका आरोपैआरोप, लेखकले दिए जवाफ

२४ फाल्गुन २०८०

२४ फागुन, काठमाण्डौ ।

नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि पहिलो पटक संसदमा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अधिकांश समय गठबन्धन फेर्नुपर्ने कारणमा कांग्रेस नै मुख्य कारक रहेको प्रष्टाएका छन् । प्रचण्डले कांग्रेसले व्यक्तिगत रूपमा आफूलाई सहयोग गरे पनि विकास, समृद्धि र सुशासनका लागि सहयोग नगरेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement

उनले राजनीतिमा व्यक्तिगत सम्बन्ध भन्दा पनि राजनीतिक परिणामहरू निर्णायक हुने बताए । उनले भने– ‘अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा मा कुनै अप्ठेरो वा समस्यामा थिइन । न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसका नेतृत्व र मेरो बीचमा व्यक्तिगत नराम्रो पनि थिएन ।

टिकिरहनुलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको पनि त्यहाँ समस्या थिएन । यो करिब ११ महिना लामो साथ र सहयोगप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साथीहरूलाई आभारी छु ।’ निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई जसरी सघायो, त्यही तहमा कांग्रेसले सहयोग नभएको भन्ने मनोविज्ञान देशभर रहेको उनले बताए ।

यसले पनि आपसी विश्वास कमजोर बनाएको उनले बताए । प्रचण्डले निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने भनेको तर त्यसबाट कांग्रेस पछि हट्दा त्यसले अर्को मनोविज्ञान बन्न पुगेको बताए । कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले विद्रोह नै गरेको तर तिनीहरू राजनीतिक कसीमा दण्डित नभएको तर पुरस्कृत भएको उल्लेख गरे ।

उनले कांग्रेसको महासमिति बैठकमा बिना सन्र्दभ गठबन्धनको निन्दा गरेको, गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको कुरा बिर्सिएर छलफल चर्चा गरेको र गठबन्धन विरुद्ध निष्कर्ष निकालेको उल्लेख गरे । उनले निर्वाचन आउन ४ वर्ष बाँकी छँदै गठबन्धन दलमाथिको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न नसकिएको, महासमिति बैठकमा स्टल नै राखेर धर्मको बारेमा हस्ताक्षर चलाइएकोले संविधानमाथि कांग्रेसको प्रतिबद्धतामाथि प्रश्न उठाउने ठाउँ बनेको बताए ।

महासमिति बैठकमा माओवादी जनयुद्धलाई बिद्रुपीकरण गरिएको, २०४७ सालको संविधान ठिक रहेको आशयको प्रतिवेदन वितरण गरिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे । हिजो मिलिसकेको वैचारिक सैद्धान्तिक विषयमा समेत शंका र अविश्वासको वातावरण बनेको प्रधानमन्त्रीले बताए ।

उनले आफू सरकारको गतिसँग आफू असन्तुष्ट रहेको जनाइरहेको बताउँदै तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर भए पनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा आफूले दोस्रो विकल्प रोजेको बताए । प्रधानमन्त्रीले कांग्रेस संसदीय दल बैठकले आफूलाई ‘राजनीतिक बेइमान’ को संज्ञा दिएको भन्दै जवाफ फर्काएका छन् ।

संसद बैठकमा सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटिले आफूले यो कदम चालेको बताए । दाहालले भने, आफूसँग हुँदा इमान, अर्कोसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन । राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएको हो ।’ प्रचण्ड लगत्तै बोलेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनगढन्ते दोष दिएको बताएका छन् ।

लेखकले प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न नपाइने बताएका हुन् । लेखकले आफूहरूसमेतले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य व्यक्त गरे । उनले प्रधानमन्त्रीले राजनीतिक बेइमानी समेत गरेको संसदमा पटक पटक दोहो¥याए । सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताए ।

Advertisement

लेखकले प्रधानमन्त्रीबाट धोका पाएका दलहरू एक ठाउँमा उभिए भने प्रधानमन्त्रीको हालत के होला भन्दै कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्रीले धोका दिन बाँकी दल नै नरहेको बताए । उनले कांग्रेसको महासमिति बैठकमा प्रवेश नै नगरेको हिन्दु धर्मको विषयलाई गठबन्धन तोड्नुको कारण देखाउनु बहानाबाजी मात्र भएको बताए । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनाउने कुरामा कांग्रेसले सहयोग गरिरहेको अवस्थामा कसका कारण कसरी रोकियो भन्दै प्रश्न गरे ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top