×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नारी !

२५ फाल्गुन २०८०

२५ फागुन, विराटनगर ।

आज अन्तराष्ट्रिय नारी दिवस,  आज जसै गरी हरेक वर्ष नारी दिवस आउँछ र जान्छ पनि ! यही अवसरमा २—४ वटा नारी स्वतन्त्रता, नारी शिक्षा, नारीका हक हितका नारा लगाइन्छ, २ —४ वटी नारीलाई सम्मान पनि गरिन्छ । ठूलाठूला आश्वासनले भरिपूर्ण भाषणहरु दिइन्छ अनि वस सकियो नारी दिवस ?  यती मै सिमित छौ त हामी नारी ?

प्रथम महिला राष्ट्रपति भएको देशमा म अझै पनि घाम अस्ताएपछि घर फर्कन डराउनु पर्ने अवस्था छ । कारण, मेरा अविभावकले मलाइ स्वतन्त्रता दिएता पनि यो समाजले मेरा लागि मात्र नभइ समाजका सारा नारीका निम्ती केही सिमित मापदण्ड खडा गरेको छ । जुन सामाजिक प्राणी भएकै नाताले यो सव गलत हो भन्ने थाहा हुदाँहुदै पनि हामी ति भएभरका सारा अन्धविश्वास पालना गर्न विवश छौ ।

आखिर यो सब किन ? नारी भएकै नाताले हैन् त ? हो म नारी हुँ, मेरो यही लैंगिक पहिचानले मलाइ बारम्बार पिरोल्छ ! म नारी हुँ,म घाम अस्ताउनु अघि घर फर्कनु पर्छ,  म नारी हुँ, म चर्को स्वरमा बोल्नु हुन्न, म नारी हुँ, त्यसैले त मैले अन्याय,अत्याचार,हिंसा,शोषण जे भएनि सहनै पर्छ ?

जब आफना पिता समानका गुरु भनौदाले नै अभद्र व्यवहार गर्छन् ,सयौको अविभावकत्व बोकी सामाजिक संस्था चलाउने अग्रज भनौदाबाट नै एक नारी हिंसाको शिकार बन्छिन् । दिनभरी सभा सम्मेलनमा नारी हिसां अन्त्य हुनुपर्छ भन्ने ती तल्ला घरे काकाले साझपख माइली दिदीको भट्टीबाट घर फर्किना साथ बेकसुर रहेकी काकी माथि हातपात गरेको पनि यो समाजले देखेको छ ।

तर एक बेकसुर नारी माथि हातपात हुदासम्म यो समाज घरको मामिला हो भनेर आँखा र कान बन्द गरेर बसिदिने गर्दछ । कानूनले महिलाका निम्ती ३३% महिला हक को त व्यवस्था गर्यो तर मेरी बजैले एक्ली सन्तान भएतापनि छोरी भएकै कारण अंश पाइनन्, आखिर यो सव किन ? नारी भएकै नाताले हैन त ?

नारी दिवस भव्य रुपमा मनाइयोस् केही आपत्ति छैन ! तर भोलिको दिनमा कोही नारी अर्की निमर्ला बनी बलात्कृत हुनु नपरोस, कोही अर्की नारीमाथी मुस्कानलाई झै एसिड प्रहार नहोस्, भोलिको दिनमा कोही आमाले निर्मलाकी आमाझै न्यायको भिक माग्दै हिड्न नपरोस् । दिनहँु जसो सामाजिक संजालमा महिला हत्या , हिंसा , बलात्कारको,समाचार सुन्न नपरोस्।

यि सब त केबल झिना उदाहरण मात्रै हुन । पीडा र ती दानवबीय प्रबृत्ति भएकाहरु प्रतिको घृणा त मस्तिष्कमा छ । त्यसैले त भन्दैछु नदेखाउ ति नारी स्वतन्त्रता, नारी शिक्षा, नारीका हक हितका झुटा आश्वासन ।

यदि सक्छौ भने नारीलाई सम्मान मात्र हैन् सुरक्षाको अनुभुति दिलाउ, स्वतन्त्र र सुरक्षित भएर बाँच्न सक्ने वातावरण बनाउ । नारीलाई स्वतन्त्रतासँगै आत्मनिर्भर भइ जिउन सिकाउ, नारी भएकोमा हरेक नारीले गर्व सक्ने अवस्था सृजना गरौं । नारी सुन्दरी मात्र हैन सक्षम छन् भन्ने बताउ ।
= संचिता श्रेष्ठ

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top