युवा विराजलाई युवा मन्त्रालय, को हुन् युवा मन्त्री विराजभक्त ?

२४ फागुन ८०, शुक्रबार

२५ फागुन , काठमाण्डौ ।
प्रष्ट विचार र दूरगामी सोच भएका युवा नेतामा पर्दछन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ । केही साता अघिको प्रतिनिधिसभाको बैठकमा सम्पत्ति शुद्धीकरण विधेयकको छलफलका क्रममा सभाध्यक्ष गरिरहेकी इन्दिरा रानाले समय सकिएको जनाउ दिएपछि असन्तुष्ट बनेका उनले पूर्व प्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्रीलाई मात्रै असिमित समय बोल्नलाई दिएको भन्दै भावी प्रधानमन्त्रीलाई पनि सोही अनुशारको समय उपलब्ध गराउनु पर्ने टिप्पणी गरे।

समयका सन्र्दभमा उनले यो अभिब्यक्ति दिएपनि उनले आफ्नो राजनीतिक यात्राको लक्ष्य सार्वभौम संसदबाट सारा देशवासीमा सार्वजनिक गरेका थिए । प्रधानमन्त्रीको लक्ष्य बोेकेका तिनै युवा सांसद क्षेष्ठले देशको भविष्यका कर्णधारहरुलाई सही मार्ग देखाउने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खेल क्षेत्रप्रति सरकारले खेल्नु पर्ने भूमिका अझै कम भएको खेलप्रेमीहरु टिप्पणी गरिरहेको समयमा युवा मन्त्री विराजले खेलकुद मन्त्रालय सम्हालेपछि स्वत जनअपेक्षा बढेको छ । सँगै विराजलाई आफ्नो क्षमता र भविष्यको बाटो कोर्ने सुनौलो अवसर प्राप्त भएको छ । रास्वपाका सभापति र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत “चेक लिस्ट“ सहित आएको । “कम्प्रोमाइज“ नहुने भन्दै केही समय “होम वर्क“ मा रहने बताएका छन् ।

Advertisement

यसले पनि पूर्ण तयारीका साथ रास्वपाका ४ मन्त्रीहरुले कार्ययोजना बनाउने अपेक्षा गरिएको छ । मन्त्री विराजले आफ्ना लागि चुनौतीका पहाड सगरमाथा मन्दा माथि रहेको भन्दै आफूएक दिनको मन्त्री भएर हिँडेको र हरेक दिन केही न केही गर्ने योजना बनाएका छन् । यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशका सांसद रहेका उनी पछि रास्वपामा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका हुन् ।

काठमाडौंको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । तर, पछि सो पार्टी छाड्दै रास्वपामा आवद्ध भए । उनी रास्वपाबाट काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिबास लगायतका स्थानमा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

Advertisement

श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । मन्त्रीको रूपमा उनको यो पहिलो अनुभव हो । धेरैले उनलाई सम्भावना भएको युवाकारूपमा हेरेका छन् । उनी रास्वपाको संसदीय दलको उपनेता समेत हुन् ।

सानै उमेरदेखि सामाजिक काममा सक्रिय श्रेष्ठको राजनीतिक पृष्ठभूमि भने लामो छैन। ६ वर्ष अघि अन्य पेसामा सकृय श्रेष्ठ विवेकशील नेपाली दल हुँदै राजनीतिमा आए। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका काममा आबद्ध छन्। व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न सङ्घ–संस्थामा व्यावस्थापकीय रूपमा पनि नेतृत्व गरेका छन्।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top