×

NEPAL TIMES UPDATES

Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026

रविविरुद्ध फेरि युवराज सफलको उजुरी, प्रचण्डलाई चेतावनी

२७ फाल्गुन २०८०

२७ फागुन, काठमाण्डौ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा श्रम मन्त्री डोलप्रसाद अर्यालविरुद्ध उजुरी परेको छ । स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई मन्त्रीविरुद्ध उजुरी परेको हो । स्वार्थको द्धन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी युवराज सफलले लामिछाने र अर्यालविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

‘२०८० फाल्गुन २३ गते बुधवारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र उपसभापति एवम् सांसद डिपी अर्याल क्रमश उपप्रधान तथा गृह र श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भएकोले निजहरु उल्लेखित पदमा रही कार्य गर्दा स्वार्थको द्वन्द स्पष्ट देखिने हुँदा निजहरुको जिम्मेवारी तत्काल हेरफेर गरी पाउँ भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष यो निवेदन पेश गरेको छु,’– प्रधानमन्त्रीको कार्यालयमा परेको उजुरी भनिएको छ ।

Advertisement
Advertisement

लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्न नहुने कारणमा उनीमाथि राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको, उनी गृहमन्त्रीमा रहँदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको सफलले उल्लेख गरेका छन् ।

त्यसैगरी, लामिछानेविरुद्ध सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको र उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्ने संभावना रहेको, उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवं छानविनसमेत गरिरहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री बन्न नहुने कारणमा उनी मेनपावर व्यवसायीको रुपमा कार्य गरेको र हाल पनि मेन पावर कम्पनीको जिम्मेवार पदमा रहेको दाबी छ । तत्काल उल्लेखित मन्त्रीहरुको जिम्मेवारी हेरफेर नगरेको खण्डमा यही विषय लिएर प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाएर कानूनी उपचारमा जाने उनको चेतावनी छ ।

साथै, स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल बनाउन पनि उनको माग छ । यसअघि पनि सफल रविविरुद्ध पटक पटक विभिन्न उजुरी लिएर प्रहरी कार्यालयदेखि अदालतसम्म पुगेका थिए । पहिलो पटक रवि उपप्रधान तथा गृहमन्त्री हुँदा सफलको उजुरीकै आधारमा सर्वाेच्चले उनको नागरिकता अवैध भनेपछि उनी पदमुक्त भएका थिए भने सांसद पदसमेत स्वत अवैध ठहर भएको थियो ।

Advertisement

पछिल्लो समय सफलले सहकारीको ठगीको विषयमा रविविरुद्ध सहकारी विभाग र संसदीय समितिमा जाहेरी दिएका छन् । रवि सांसद पद गुमेपछि दोस्रो पटक चितवनबाटै विजयी भई उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top