पत्रकार कर्णलाई पितृशोक

२६ फागुन ८०, आइतबार

२७ फागुन, विराटनगर ।

Advertisement

मोरङका पत्रकार नवीन कर्णलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य एवं नेपाल टाइम्सका पूर्व संवाददाता कर्णका बुवा ७७ वर्षीय दुर्गानन्द लाल कर्णको उपचारका क्रममा शनिबार विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । उनलाई उच्च रक्तचाप भएपछि उपचारका लागि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

मुटु रोगबाट लामो समयदेखि पीडित भएका कर्णलाई बिहीबार विहान एक्कासी प्रेसरले हानेपछि मतिष्कमा रगत जमेको थियो । उनको शनिबार विराटनगरस्थित परोपकार घाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । पत्रकार नविन जेठा छोरा हुन् ।

Advertisement

स्वर्गीय कर्णका पत्नी र तीन छोराहरु नवीन, सचिन र प्रवीन रहेका छन् । पत्रकार कर्ण मैथिली पत्रकार समाजका अध्यक्ष समेत हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top