नेपाल र हङकङको खेलमा वर्षा बाधक,खेल रद्ध

२६ फागुन ८०, आइतबार

२७ फागुन, काठमाण्डौ ।

हङकङ टी ट्वान्टी सिरिजअन्तर्गत आइतबार भएको नेपाल र हङकङबीचको पहिलो खेल रद्ध भएको छ। खेल सुरु भएको केही समयमै पानी पर्न थालेपछि केही समय खेल रोकिएर फेरि सुरु भएको थियो। तर फेरि पानी पर्न थालेको र निरन्तर पानी परिरहेपछि खेल प्रभावित भएर रद्ध भएको हो।

जसका कारण हङकङ र नेपालले अंक बाँडेका छन्। तालिकामा दुवैले एक अंक जोडेका छन्। नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा हङकङ उत्रिएको खेलमा ८ ओभरको सकिदा पुन वर्षा भएको थियो। हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो।

Advertisement

हङकङमा त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज खेल्न गएको नेपालले मंगलबार पीएनजीसँग खेल्नेछ। हङकङमा घरेलु टोलीसँगको पहिलो फ्रेन्डसिप कपमा नेपालले हार ७३ रनको फराकिलो हार व्यहोरेको थियो। हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार खेलिएको नेपाल र घरेलु टोलीबिचको खेल अनिर्णित रुपमा सकिएको छ ।

हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई खाता खोल्नुअघि नै गुलसन झाद्वारा क्याच गराएका थिए । हङकङको दोस्रो विकेट गुलसन झाले लिएका थिए । गुलसनले हङकङका ओपनर ब्याट्सम्यान निजाकत खानलाई २५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए ।

Advertisement

पेभेलियन फर्किनुअघि हङकङका कप्तान निजाकतले २० बलमा एक छक्का र तीन चौका हिर्काएका थिए । ७.२ ओभरमा निजाकत आउट हुँदा हङकङले ६१ रन बनाएको थियो । नेपाललले आफ्नो दोस्रो खेल मंगलबार पपुवा न्यु गिनीसँग खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

सम्बन्धित समाचार

Scroll to Top