Nepal Times
Nepal Times
3
Shares

ओस्करमा कुन फिल्मले कुन अवार्ड जिते ? उत्कृष्ट अभिनेता को ?

ओस्करमा कुन फिल्मले कुन अवार्ड जिते ? उत्कृष्ट अभिनेता को ?

२८ फागुन ,एजेन्सी ।

९६ औं ओस्कर अवार्डमा ‘ओपनहाइमर’ उत्कृष्ट फिल्म घोषित भएको छ । यसपटक ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जितेको छ ।

क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । किलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् । किलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।

फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् ।‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो । यस फिल्मले रोबर्टको परमाणु बमको विकास गरेको कुरालाई व्याख्या गर्छ । यो फिल्मले गत वर्ष विश्वभरि तहल्का मच्चाएको थियो ।

यसका लेखक काई बर्ड अघिल्लो महिना नेपाल आएका थिए । आज विहान अवार्ड समारोहमा निर्देशक नोलनले काई बर्डलाई र अर्का सहलेखक मार्टिन शेरविनलाई २५ वर्षसम्म अनवरत पुस्तक लेखनका लागि धन्यवाद दिएका छन् । उत्कृष्ट किताबमाथि सिनेमा बनाउन पाएकामा उनले खुसी पनि व्यक्त गरेका छन् । यस्तै ‘पुअर थिंस’ बाट एम्पा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। अन्तर्राष्ट्रिय फिचरतर्फ बेलायती फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ उत्कृष्ट भएको छ ।
यस्तो छ अस्कर अवार्ड विजेताको सूची :
उत्कृष्ट फिल्म– ओपेनहाइमर
उत्कृष्ट निर्देशक– क्रिस्टोफर नोलम (ओपेनहाइमर)
उत्कृष्ट अभिनेता–किलियन मर्फी (ओपेनहाइमर)
उत्कृष्ट अभिनेत्री–एम्पा स्टोन (पुअर थिंस)
उत्कृष्ट सहायक अभिनेता–रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
उत्कृष्ट सहायक अभिनेत्री– द भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर– द जोन अफ इन्ट्रेस्ट
उत्कृष्ट एनिमेटेड फिचर– द ब्वाय एण्ड हेरोन
उत्कृष्ट डकुमेन्ट्री फिचर– २० डेज् इन मारिओपो
एडप्टेड स्क्रिनप्ले– अमेरिकन फिक्सन
ओर्जिनल स्क्रिनप्ले–एनाटोमी अफ अ फल
उत्कृष्ट सिनेम्याटोग्राफी–ओपेनहाइमर
उत्कृष्ट ओर्जिनल सङ– बिली एलिस (बार्बी)
मेकअप एण्ड हेयरस्टाइलिङ– पुअर थिंग्स
उत्कृष्ट प्रोडक्सन डिजाइन– पुअर थिंग्स
उत्कृष्ट सम्पादन– ओपेनहाइमर
उत्कृष्ट भिजुअल इफेक्ट– गोडजिला माइनस वन

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.