Nepal Times
Nepal Times
3
Shares

क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट, कसरी लिने ?

क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट, कसरी लिने ?

२८ फागुन ,काठमाण्डौ  ।

हवाइ सेवा प्रदायक यती एअरलाइन्सले क्यान्सरका विरामीहरुलाई निःशुःल्क रुपमा हवाई टिकट उपलब्ध गराउने भएको छ । मोरङको बूढीगंगा स्थित विराट क्यान्सर इन्स्टिच्यूटसँगको सम्झौतामा यती एयरलाइन्सले निःशुल्क टिकटको व्यवस्था गरेको हो।

विराटसँगको सम्झौतापछि उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा आउने क्यान्सरका विरामीहरुलाई यती एयरलाइन्सले निःशुल्कहवाई टिकट प्रदान गर्नेछ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका प्रमुख बजार अधिकृत युवराज विष्टले जानकारी दिए ।

विष्टले यस सुविधाले क्यान्सरसँग लडिरहेका हरेक विरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका छन् । निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका विरामीहरुले उपभोग गर्न पाउनेछन् । विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यो योजना ल्याएको उनले बताएका छन् ।

निःशुल्क टिकट लिनकालागि विरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कागजातहरुका आधारमा क्यान्सरको विरामी भएको प्रमाणपत्र÷परिचयपत्रउपलब्ध गराउने र उपचारका लागिआउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिट्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिए ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इनगर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्स जानकारी दिएको छ । नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्कउपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरुबाट बिराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचार हुँदै आएको डा. कार्कीले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.