Nepal Times
Nepal Times
3
Shares

के माधव नेपालले फेरि प्रधानमन्त्री खोजेका हुन् ?

के माधव नेपालले फेरि प्रधानमन्त्री खोजेका हुन् ?

२८ फागुन ,  काठमाण्डौ।

दुई मन्त्रालयसहित सरकारमा सहभागि भइसकेको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु अघि सरकार ढल्न सक्ने सम्मको चेतावनी दिएको छ । नेकपा एसले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।

सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताएका छन् । उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाई नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको समेत बताएका छन् । उनले भने, ‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर उहाँले हाम्रा कुरा सुनुवाई नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

उनले सरकारले अघि बढ्ने की ढल्ने भन्नेकुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए । नेकपा एसबाट यस्तो चेतावनीयुक्त अभिब्यक्तिका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमाले र अध्यक्ष केपी शर्मा ओलीबीच सोमवार भेटवार्ता भएको छ। भेटमा भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, सरकारको साझा न्यूनतम् कार्यक्रम र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् ।

विश्वासको मत दिनका लागि प्रधानमन्त्रीले सबै दललाई आह्वान गर्ने जानकारी पनि उनले दिए । ‘फागुन ३० गते संसदमा विश्वासको मत लिँदा प्रधानमन्त्रीले बोलेर आह्वान गर्नुहुन्छ नै त्यो भन्दा अगाडि नै प्रधानमन्त्री र पार्टीको पार्टीको तर्फबाट आह्वान गर्नुहुन्छ ।’ भोलि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष जितेपछि उपाध्यक्षबाट उर्मिला अर्यालले तत्काल राजीनामा दिनेबारे पनि दुई नेताबीच छलफल भएको छ ।

गठबन्धनका सबै पार्टीले कार्यक्रमका लागि सुझाव दिएपछि एमालेका उममहासचिव विष्णु रिमालले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेका छन् । नेकपा एसले भने यसअघिको गठबन्धनमा माधव नेपाल समेत प्रधानमन्त्री बन्ने समझदारी बनेपनि त्यो समझदारी नयाँ समीरकणमा नबनेपछि असन्तुष्ट रहेको विश्लेषण गरिएको छ । अन्य भनगण्डामा समेत नेकपा एस समेटिएको छैन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.