×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर

२८ फाल्गुन २०८०

२८ फागुन , विराटनगर ।

गाजामा युद्ध जारी राखेको इजरायली सरकारको १२ महिनाको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३) अर्ब अमेरिकी डलर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

Advertisement
Advertisement

अर्थ मन्त्रालयले घाटा वृद्धिको मुख्य कारण हमाससँग जारी द्वन्द्वसँग सम्बन्धित उच्च खर्चले गर्दा भएको बताएको छ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनको टिप्पणीलाई अस्वीकार गरेका छन् । गाजामा जारी युद्धले ‘इजरायललाई सहयोग पुगिरहेको सट्टा चोट पुर्याइरहेको छ,’ भन्ने बाइडेनको टिप्पणी गलत भएको नेतान्याहूले भनेका हुन् ।

बाइडेनले शनिबार गाजामा इजरायलको आक्रमणमा निर्दोषले ज्यान गुमाइरहेकोमा बढी ध्यान दिनुपर्ने भनेका थिए । नेतान्याहूको यो कदम इजरायलको हित विपरीत भएको बाइडेनले भनेका थिए । यसमा नेतान्याहूले आइतबार राति पोलिटिकोसँगको अन्तर्वार्तामा यो भनाइको विरोध गरेका हुन् ।“म बहुसंख्यक, बहुमत इजरायलीको चाहना विपरीत आफ्नो निजी स्वार्थले अघि बढिरहेको हो र यसले इजरायलाई अहित गर्छ भनेर बाइडेनले भन्न खोजेका हुन् भने उनी दुवैतरिकाले गलत छन्,” नेतान्याहूले भनेका छन् ।

बाइडेन र नेतन्याहुबीचको यो आरोपप्रत्यारोपबीच इजरायल र गाजाबीच युद्धविरामको प्रयास असफल भएको छ । यसले इस्लामिक पवित्र महिना रमजानको अवसरमा विशेष गरी राजधानी जेरुसेलममा हिंसा फैलिने डर थपिएको छ । आज मार्च ११ देखि शुरु हुने रमजान पर्वको अवसरमा हमासले प्यालेस्टाइनीहरूलाई अल–अक्सा मस्जिदको भ्रमण गर्न आह्वान गरेको छ । तर इजरायलले हमासलाई रमजानको समयमा यस क्षेत्रलाई प्रज्वलित गरी नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ

प्यालेस्टाइनीहरुले आज राति चन्द्रमा देखिएसँगै एक महिनाका लागि रमजान पर्व मनाउन शुरु गर्दैछन् । यसअघि रमजानको अवसरमा शुरुदेखि नै ४० दिने युद्धविराम गर्ने प्रयास असफल भएको खबरमा उल्लेख छ । युद्धविरामबारे दुवै पक्ष सकारात्मक देखिए पनि व्यवहारिक रुपमा प्रभावकारी नभएको देखिन्छ । इजरायलले हमासमा आक्रमण जारी राखेको छ भने हमासले बन्धकलाई मुक्त गर्ने कुनै पनि योजना सार्वजनिक गरेको छैन ।

यद्यपि मध्यस्थकर्ताहरूले अझै पनि युद्धविरामका लागि हमास र इजरायलका प्रतिनिधिमण्डललाई भेटेर छलफल गर्ने बताएका छन् ।यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार रमजानअघि विश्वभरका मुस्लिम समुदायलाई बधाई दिदै आफ्नो संदेशमा इजरेल–हमास युद्धबारे पनि चर्चा गरे । सो क्रममा उनले अमेरिकाले इजरेलका बन्धकहरुको रिहाईसंग जोडिएको सम्झौता अन्तर्गत गाजामा कम से कम ६ हफ्ताका लागि तत्काल युद्धविरामका लागि काम जारी राखेको पनि बताए ।

बाइडेन भने, ‘‘हामी स्थायी र दूरगामी स्थिरता, सुरक्षा र शांतिपूर्ण भविष्यको दिशामा गरिरहेको काम जारी राख्नेछौं । हामीले इजरेल–हमासबीच दुई राष्ट्र समाधानमा पनि सहमतिको प्रयास जारी राखेका छौं, ताकि दुवै देशका मानिसहरुले समान स्वतंत्रता, सम्मान, सुरक्षा र समृद्धि प्राप्त गरुन् । उनले अगाडि भने, स्थायी शान्तिको पनि यही नै एकमात्र मार्ग हो’’ । अमेरिकाले जमीन, हवाई मार्ग र समुद्रको माध्यमबाट गाजामा धेरैभन्दा धेरै मानवीय सहायता पुर्याउनका लागि अन्तर्राष्ट्रीय प्रयासहरुको पनि नेतृत्व गर्न जारी राख्ने पनि उनले बताए ।

यहाँनिर एउटा कुरा के स्मरण गर्न जरुरी छ भने अमेरिका त्यही देश हो जसले ७ अक्टुवरको हमलापछि हमासविरुद्धको इजरेली कारबाहीलाई उसको अधिकार भएको बताएको थियो । र बाइडेनसहित, एन्टोनी ब्लिन्केन पटक पटक ऐक्यबद्धता जनाउन इजरेल पुगेका थिए । अमेरिकाले इजरेलका लागि बजेट समेत छुट्याएको छ । यद्यपी पछिल्लो समय भने बाइडेनले नेतन्याहूलाई गाजामा निर्दोष नमारिउन भन्दै चेतावनी पनि दिने गरेका छन् ।

तर अझै पनि अमेरिकाको सहयोगमा गाजामा युद्ध जारी राखेका नेतन्याहुले भने राष्ट्रपति बाइडेनका पछिल्ला टिप्पणीहरुलाई रुचाएका छैनन् । पछिल्लो पटक बाइडेनले नेतन्याहूमाथि टिप्पणी गरेपछि नेतन्याहूले भनेका छन्, केही देश हामीलाई सहयोग गर्नुको साटो नोक्सान पुर्याउँदैछन् । तर हामी आतंकवादको अन्त्यका लागि प्रतिबद्ध छौं । उनले रफामा सैन्य कारबाहीको कुरालाई फेरि दोहोर्याउँदै भने, हामी चाहादैनौं कि अघिल्लो वर्षको ७ अक्टुवरको घटना फेरी पनि दोहोरियोस ।

आइतबार दक्षिणी गाजा शहर राफामा सैन्य अभियान शुरू गर्दै नेतन्याहूले आफ्नो अडानलाई फेरी एक पटक दोहोर्याएका हुन् । उनले आतंकबादीको पुरै नामोनिशान मेटाउन लागि परेको बताए । यस्तै अबको यो अपरेशन २ महिनाभन्दा धेरै नचल्ने पनि उनले जानकारी दिए । तर उनले ठ्याक्कै समयसीमाका बारेमा भने केही खुलाएनन् ।

यसबीच गाजापट्टीमा जारी इजरायली आक्रमणबाट अहिलेसम्म मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ९६० पुगेको छ । साथै ७२ हजार ५२४ अन्य घाइते भएका छन् । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८२ प्यालेस्टाइनीको हत्या गरेको छ भने १२२ जना घाइते भएका छन् । शुक्रबार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दर्जनौँ प्यालेस्टाइनीहरू मारिएका छन् ।

Advertisement

जसमध्ये अधिकांश बालबालिका र महिलाहरू मारिएका छन् । दक्षिणी गाजापट्टीका खान युनिस र रफाह सहरहरूमा भएका धेरै घरहरूलाई निशाना बनाएर गरिएको हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । गाजामा चलिरहेको यो मानव समूदायको विनाश, यो युद्धलाई लिएर अमेरिका र इजरेलका चेतावनीहरु, युद्धविरामका लागि भएका असफल प्रयासहरुबारे तपाइँ पनि आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top