NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर

सोमवार फाल्गुन २८ , २०८०
Reading Time: 1 min read
A A
रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ फागुन , विराटनगर ।

गाजामा युद्ध जारी राखेको इजरायली सरकारको १२ महिनाको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३) अर्ब अमेरिकी डलर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

अर्थ मन्त्रालयले घाटा वृद्धिको मुख्य कारण हमाससँग जारी द्वन्द्वसँग सम्बन्धित उच्च खर्चले गर्दा भएको बताएको छ । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बाइडेनको टिप्पणीलाई अस्वीकार गरेका छन् । गाजामा जारी युद्धले ‘इजरायललाई सहयोग पुगिरहेको सट्टा चोट पुर्याइरहेको छ,’ भन्ने बाइडेनको टिप्पणी गलत भएको नेतान्याहूले भनेका हुन् ।

LS Auto

बाइडेनले शनिबार गाजामा इजरायलको आक्रमणमा निर्दोषले ज्यान गुमाइरहेकोमा बढी ध्यान दिनुपर्ने भनेका थिए । नेतान्याहूको यो कदम इजरायलको हित विपरीत भएको बाइडेनले भनेका थिए । यसमा नेतान्याहूले आइतबार राति पोलिटिकोसँगको अन्तर्वार्तामा यो भनाइको विरोध गरेका हुन् ।“म बहुसंख्यक, बहुमत इजरायलीको चाहना विपरीत आफ्नो निजी स्वार्थले अघि बढिरहेको हो र यसले इजरायलाई अहित गर्छ भनेर बाइडेनले भन्न खोजेका हुन् भने उनी दुवैतरिकाले गलत छन्,” नेतान्याहूले भनेका छन् ।

बाइडेन र नेतन्याहुबीचको यो आरोपप्रत्यारोपबीच इजरायल र गाजाबीच युद्धविरामको प्रयास असफल भएको छ । यसले इस्लामिक पवित्र महिना रमजानको अवसरमा विशेष गरी राजधानी जेरुसेलममा हिंसा फैलिने डर थपिएको छ । आज मार्च ११ देखि शुरु हुने रमजान पर्वको अवसरमा हमासले प्यालेस्टाइनीहरूलाई अल–अक्सा मस्जिदको भ्रमण गर्न आह्वान गरेको छ । तर इजरायलले हमासलाई रमजानको समयमा यस क्षेत्रलाई प्रज्वलित गरी नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ

प्यालेस्टाइनीहरुले आज राति चन्द्रमा देखिएसँगै एक महिनाका लागि रमजान पर्व मनाउन शुरु गर्दैछन् । यसअघि रमजानको अवसरमा शुरुदेखि नै ४० दिने युद्धविराम गर्ने प्रयास असफल भएको खबरमा उल्लेख छ । युद्धविरामबारे दुवै पक्ष सकारात्मक देखिए पनि व्यवहारिक रुपमा प्रभावकारी नभएको देखिन्छ । इजरायलले हमासमा आक्रमण जारी राखेको छ भने हमासले बन्धकलाई मुक्त गर्ने कुनै पनि योजना सार्वजनिक गरेको छैन ।

यद्यपि मध्यस्थकर्ताहरूले अझै पनि युद्धविरामका लागि हमास र इजरायलका प्रतिनिधिमण्डललाई भेटेर छलफल गर्ने बताएका छन् ।यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार रमजानअघि विश्वभरका मुस्लिम समुदायलाई बधाई दिदै आफ्नो संदेशमा इजरेल–हमास युद्धबारे पनि चर्चा गरे । सो क्रममा उनले अमेरिकाले इजरेलका बन्धकहरुको रिहाईसंग जोडिएको सम्झौता अन्तर्गत गाजामा कम से कम ६ हफ्ताका लागि तत्काल युद्धविरामका लागि काम जारी राखेको पनि बताए ।

बाइडेन भने, ‘‘हामी स्थायी र दूरगामी स्थिरता, सुरक्षा र शांतिपूर्ण भविष्यको दिशामा गरिरहेको काम जारी राख्नेछौं । हामीले इजरेल–हमासबीच दुई राष्ट्र समाधानमा पनि सहमतिको प्रयास जारी राखेका छौं, ताकि दुवै देशका मानिसहरुले समान स्वतंत्रता, सम्मान, सुरक्षा र समृद्धि प्राप्त गरुन् । उनले अगाडि भने, स्थायी शान्तिको पनि यही नै एकमात्र मार्ग हो’’ । अमेरिकाले जमीन, हवाई मार्ग र समुद्रको माध्यमबाट गाजामा धेरैभन्दा धेरै मानवीय सहायता पुर्याउनका लागि अन्तर्राष्ट्रीय प्रयासहरुको पनि नेतृत्व गर्न जारी राख्ने पनि उनले बताए ।

यहाँनिर एउटा कुरा के स्मरण गर्न जरुरी छ भने अमेरिका त्यही देश हो जसले ७ अक्टुवरको हमलापछि हमासविरुद्धको इजरेली कारबाहीलाई उसको अधिकार भएको बताएको थियो । र बाइडेनसहित, एन्टोनी ब्लिन्केन पटक पटक ऐक्यबद्धता जनाउन इजरेल पुगेका थिए । अमेरिकाले इजरेलका लागि बजेट समेत छुट्याएको छ । यद्यपी पछिल्लो समय भने बाइडेनले नेतन्याहूलाई गाजामा निर्दोष नमारिउन भन्दै चेतावनी पनि दिने गरेका छन् ।

तर अझै पनि अमेरिकाको सहयोगमा गाजामा युद्ध जारी राखेका नेतन्याहुले भने राष्ट्रपति बाइडेनका पछिल्ला टिप्पणीहरुलाई रुचाएका छैनन् । पछिल्लो पटक बाइडेनले नेतन्याहूमाथि टिप्पणी गरेपछि नेतन्याहूले भनेका छन्, केही देश हामीलाई सहयोग गर्नुको साटो नोक्सान पुर्याउँदैछन् । तर हामी आतंकवादको अन्त्यका लागि प्रतिबद्ध छौं । उनले रफामा सैन्य कारबाहीको कुरालाई फेरि दोहोर्याउँदै भने, हामी चाहादैनौं कि अघिल्लो वर्षको ७ अक्टुवरको घटना फेरी पनि दोहोरियोस ।

आइतबार दक्षिणी गाजा शहर राफामा सैन्य अभियान शुरू गर्दै नेतन्याहूले आफ्नो अडानलाई फेरी एक पटक दोहोर्याएका हुन् । उनले आतंकबादीको पुरै नामोनिशान मेटाउन लागि परेको बताए । यस्तै अबको यो अपरेशन २ महिनाभन्दा धेरै नचल्ने पनि उनले जानकारी दिए । तर उनले ठ्याक्कै समयसीमाका बारेमा भने केही खुलाएनन् ।

यसबीच गाजापट्टीमा जारी इजरायली आक्रमणबाट अहिलेसम्म मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ९६० पुगेको छ । साथै ७२ हजार ५२४ अन्य घाइते भएका छन् । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८२ प्यालेस्टाइनीको हत्या गरेको छ भने १२२ जना घाइते भएका छन् । शुक्रबार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दर्जनौँ प्यालेस्टाइनीहरू मारिएका छन् ।

जसमध्ये अधिकांश बालबालिका र महिलाहरू मारिएका छन् । दक्षिणी गाजापट्टीका खान युनिस र रफाह सहरहरूमा भएका धेरै घरहरूलाई निशाना बनाएर गरिएको हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । गाजामा चलिरहेको यो मानव समूदायको विनाश, यो युद्धलाई लिएर अमेरिका र इजरेलका चेतावनीहरु, युद्धविरामका लागि भएका असफल प्रयासहरुबारे तपाइँ पनि आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

Tags: #इजरेलको बजेट घाटामा#नेपाल टाइम्स् ट्रेडिंग#रमजानका बेला जेरुसेलममा हिंसा

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.