Nepal Times
Nepal Times
3
Shares

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

२९ फागुन , काठमाण्डौ ।

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि कङकङ भ्रमणमा रहेको नेपाली टोली उपाधि नजिक पुगेको छ । पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको हो । हङकङको टिन कोङ मैदानमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।

उसका हिरी हिरीले सर्वाधिक २८ रन बनाउनु बाहेक अन्य खेलाडी टिक्न सकेनन् । यस्तै, टोनी उराले १३ र सेसे बाउले २१ रन बनाए । पीएनजीको इनिङ्सलाई कुशल भुर्तेलले धराशायी बनाएका थिए । कुशलले ४ ओभरमा १२ रन मात्र खर्चिंदै ४ विकेट लिए । यस्तै प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्शन झाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । सन्दीपले २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए । कुशलले ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए । विवेक यादवले ४ बलमा १९ रन बनाए ।

नटआउट रहेका उनले ३ छक्का प्रहार गरेका थिए । त्यस्तै गुलशन झा पनि नटआउट रहँदै १५ रन बनाए । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए । पीएनजीले आजै हङकङसँग खेल्नेछ ।

यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल भोलि हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ । वर्षाका कारण पहिलो खेल रद्द भएपछि हङकङसँग १÷१ अंक बाँडेको नेपालले दोस्रो खेलमा आज पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.