८५ रनले हराएको पीएनजीसँगै नेपालको उपाधि भिडन्त

२८ फागुन ८०, मंगलबार

२९ फागुन , काठमाण्डौ।

हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्ने भएको छ । पपुवा न्युगिनीलाई नै ८५ रनले हराउँदै शृङ्खलाको फाइनलमा पुगेको नेपालले उपाधिका लागि पनि पीएनजीसँगै खेल्ने पक्का भएको हो । मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेको हो ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डो¥याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए ।

Advertisement

टोनी उराले टोलीका लागि अविजित ५१ रनको योगदान गरे । अर्का ओपनर सेसे बउले अविजित ६१ रन बनाए । पहिले ब्याटिङ गरेको हङकङका लागि जिसन अलीले अविजित ५५ रन बनाएका थिए । पीएनजीका बलर काबुआ मोरिया, एली नाओ, अनाग्रेस भाला र सेसे बउले दुई–दुई विकेट लिएका थिए ।

त्यसअघि आजै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सकेको थियो ।

Advertisement

नेपाली टोलीको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५९ रन बनाए भने चार विकेट पनि लिएका थिए । कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।

२७ वर्षीय कुशलले हालसम्म ३६ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक शतक र आठ अर्धशतकको मद्दतले कुल एक हजार आठ रन बनाएका छन् । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top