रमजानमा पनि गाजामा युद्ध रोकिएन, खाली पेट मर्नुपर्ने

२९ फागुन ८०, मंगलबार
Share this
743shares

२९ फागुन ,एजेन्सी ।

Advertisement

चीन, रूस र इरानका नौसेनाहरूले ओमानको खाडीमा संयुक्त अभ्यास जारी राखेको बेइजिङले बताएको छ । चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमा प्रकाशित विज्ञप्तिअनुसार सोमाबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्तरूपमा कायम राख्ने’ रहेको छ ।

विज्ञप्तिमा धेरै विवरण उल्लेख नगरी भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ ।” यस क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो ।

Advertisement

गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण सुरु गरेकाले यस वर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ । मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजहरूको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी राज्य मिडियाले बताएको छ ।

“अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ”, रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, “युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामुद्रिक अर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो ।” यता इस्लामको पवित्र महिना रमजानमा पनि इजरायली सेना र हमास विद्रोहीबीच गाजामा युद्ध जारी छ ।

Advertisement

रमजानअघि युद्धविराम हुने अपेक्षाका साथ मध्यस्तकर्ताले गरेका सबै प्रयास असफल भएको छ । युद्धका कारण भोकमरीको अवस्थामा पुगेका गाजाबासीमाथि इजरायलले निरन्तर आक्रमण गरिरहेको छ । यसैबीच, खाद्य सामग्री बोकेको जहाज गाजामा आउन लागेको खबर सार्वजनिक भएसँगै खाद्यान्न सहायताका लागि कुरिरहेकाहरु इजरायलको आक्रमणमा परेका छन् ।

इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा आक्रमण गर्दा सात जनाले ज्यान गुमाएका र २० जनाभन्दा बढी घाइते भएका अलजजिराले जनाएको छ । खाना र औषधिमा इजरायली प्रतिबन्धले गाजामा भोकमरी र अनिकाल निम्त्याएको छ। भोकमरीकै कारण २५ जना प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ । र अदालतले नागरिकता संशोधन कानूनमा रोक लगाउने रिट खारेज गरिदिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top