पुटिनलाई चुनावमा चुनौती दिनेहरु कस्ता छन् ?

२९ फागुन ,एजेन्सी ।

युक्रेनमा युद्ध जारी राखेको रूसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप ६ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन ।

चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उमेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर संकलन गर्दै उमेदवारीको घोषणा गरेका थिए तर उनीहरूको उमेदवारी अस्वीकृत भएको छ ।

Advertisement

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन जना पुटिनसँगको प्रतिस्पर्धामा रहेका छन् ।

तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रूसको आक्रमणलाई समर्थन गरेका छन् । क्रेमलिनका आलोचकहरूले यी तीन उमेदवारको भूमिका विपक्षीहरूलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औंल्याएका छन् ।

Advertisement

स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौँ कर्मचारीहरूलाई प्रयोग गर्ने जस्ता कार्यहरू हुनसक्ने बताएका छन् ।

करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उनकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ ।

गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौँ समर्थकले सरकार विरोधी नारा लगाएका थिए । नभाल्नीकीको मृत्युका कारण शोकमा रहेकी उनकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरुलाई मतदान गरेर वा मतपत्रमा ‘नाभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गरेकी छन् ।

निर्वाचनको परिणाममा कुनै शका नभए पनि पुटिनको आन्तरिक र अन्तर्राष्ट्रिय वैधतालाई मजबुत बनाउन सरकारले कडा अभियान चलाइरहेको छ ।

युक्रेनमा रूसी आक्रमणको सफलताका र विपक्षीहरूको आवाज दमनमा परेको समय भएकोले नेता पुटिन अहिले सहज स्थितिमा रहेका छन् । कीएभका लागि पश्चिमी समर्थन र रूसविरूद्धको व्यापक प्रतिबन्धहरूको बावजुद रूसी अर्थव्यवस्था लचिलो सावित भएको छ।

पुटिनले हालैका हप्ताहरूमा सञ्चारमाध्यममा उपस्थिति बढाएका छन् । विद्यार्थीहरूलाई भेटेका छन् । कारखानाहरूमा पुगी श्रमिकहरूको मन जित्ने कोसिस गर्दै उनीहरूको लाभका लागि व्यापक आश्वासन दिएका छन् ।

गत महिना ‘स्टेट अफ द नेसन’को भाषणमा राष्ट्रपति पुटिनले विद्यालय र पूर्वाधारको आधुनिकीकरण, गरिबी निवारण, वातावरण संरक्षण र प्रविधिको विकासका लागि अर्बौं रुबल प्रदान गर्दै बजेट प्रतिबद्धताको लामो शृङ्खलाको घोषणा गरेका थिए ।

कम्तीमा सन् २०३० सम्मका लागि सरकारको योजना सार्वजनिक गरिएको सम्बोधनमा पुटिनले रूसको एकता र विकासमा जोड दिएका छन् ।

यद्यपि युद्धपछि पनि रूसी अर्थव्यवस्था अपेक्षा गरेभन्दा सहज अवस्थामा देखिएको भए पनि धेरै रूसीहरू युक्रेनविरूद्धको अभियानले उत्पन्न अस्थिरताको बारेमा चिन्तित छन् भने विशेष गरी खाद्यान्नलगायत उपभोग्य वस्तुको बढ्दो मूल्यप्रति चिन्तित छन् ।

युक्रेन युद्धमा हजारौँ युवा लडिरहेका वा मृत्यु भएका कारण श्रमको अभाव बढेको छ भने लाखौँ अन्य मानिसहरू द्वन्द्वको विरोध गरेका कारण वा सैन्य सेवाबाट बच्न विदेश पलायन भएका छन् ।

आफ्ना प्रियजनलाई मोर्चाबाट फर्कन दिइयोस् भन्ने माग गर्दै आएका सैनिकका पत्नीहरूले हालैका महिनाहरूमा गरेको प्रदर्शनमा अधिकारीहरूले निकै कडाइ गरेका छन् ।

देशभरि देशभक्तिका पोस्टरहरू टाँसिएको छ, जसमा रूसीहरूलाई मतदान गर्न आह्वान गरिएको छ । चुनावी पोस्टरमा युक्रेनमा रूसी सेनाले प्रयोग गरेको ‘भी’ चिन्ह र ‘सँगै हामी बलियो छौँ’ भन्ने नारा छापिएको छ र भनिएको छ, “आउनुहोस् रूसको लागि मतदान गरौँ ।”

पुटिनले गत डिसेम्बरमा मतदानमा सम्भावित ‘विदेशी हस्तक्षेप’ बारे चेतावनी दिँदै ‘कडा प्रतिक्रिया’ दिने प्रतिवद्धता जनाएका थिए । गत साता रूसी प्रशासनले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर अमेरिकी आर्थिक सहयोगमा सञ्चालित गैरसरकारी संस्थाहरूले निर्वाचनबारे ‘गलत सूचना फैलाएको’ आरोप लगाएको थियो ।

जारी द्वन्द्वका बीच रूसी अधिकारीहरूले सामान्य अवस्था प्रस्तुत गर्न खोजेको विरोधाभासको सङ्केतको रूपमा युक्रेनको रूसी नियन्त्रित क्षेत्रहरूमा मतदान हुनेछ । रूसले सन् २०२२ मा युक्रेनका चार क्षेत्रलाई एकतर्फी रूपमा आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो।

अहिले रूसी कब्जामा लिइएका स्थानीय बासिन्दालाई धम्की र हिंसाको सिकार बनाइँदैछ र उनीहरूलाई मतदान गर्न बाध्य पारिदै गरिएको आरोप कीएभले लगाएको छ ।

मस्कोले मतदानका लागि अनावश्यक दमन र हिंसाको खेल खेलिएको भन्ने युक्रेनी आरोपको खण्डन गर्दै आएको छ । युक्रेनमा तैनाथ रुसी सैनिकले तत्काल रूसी निर्वाचनका लागि मतदान गर्ने वातावरण भने देखिएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top