सुन तस्करीको छानबिनमा सीआईबीले नै दियो धोका ! महरा कहिले पक्राउ पर्छन ?

२ चैत , विराटनगर।

सुन तस्करीको छानबिन गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी सवेन्द्र खनालसहितका उच्चपदस्थलाई कारबाही सिफारिस गरेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले उच्चपदस्थहरूलाई कारबाहीबाट उन्मुक्तिका लागि प्रमाण लुकाउन सहयोगी भूमिका खेलेको भन्दै विभागीय कारबाही सिफारिस भएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरासहितलाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

पूर्वसभामुख महराका छोरा राहुल भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । सिआइबीले महरालाई मुद्दा नचलाएर उन्मुक्ति दिएको हो। सिआइबीले इलेक्ट्रिक चुरोट (भेप)मार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा उनलाई कागज मात्रै गराएर छाडेको थियो। यद्यपि उनका छोरा राहुल महरालाई भने पक्राउ गरी मुद्दा चलाएको थियो। महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। तर पनि सिआइबीले उनीहरूविरूद्ध पहिलो चरणको अनुसन्धानमा सोधपुछ नगरी मुद्दा बुझाएको थियो। दोस्रो चरणको अनुसन्धानमा भने राहुललाई पक्राउ गरेको थियो।

Advertisement

आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको र प्रमाण लुकाउने र भीआईपीहरूलाई बचाउन सहयोगी भूमिका निर्वाह गरेको निीकर्ष निकालेको छ । मुद्दा चलाउनुपर्नेलाई जोगाएको भन्दै ब्युरोकी प्रमुख एआईजी बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो । सुन तस्करीसम्बन्धी अनुसन्धानमा खटिएका ब्युरोका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई बज्राचार्यसँगै विभागीय कारबाही सिफारिस भएको छ ।

सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त जीवन चलाउनेलाई भगाएको आरोपमा उनीहरूलाई विभागीय कारबाही सिफासिस भएको हो । ब्युरोमा उपस्थित गराएर छोडेका कारण उनीहरूमाथि यस्तो सिफारिस भएको हो । राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई पनि आयोगले कारबाही सिफारिस गरेको छ । सुन प्रकरण आएका बेला अधिकारी अध्यागमन विभागको महानिर्देशकका रूपमा कार्यरत थिए ।

Advertisement

तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँगको सम्बन्धका आधारमा अधिकारीलाई कारबाही सिफारिस भएको हो । दावा र अधिकारीबीच वी–च्याटमार्फत नियमित कुराकानी हुने गरेको आयोगको ठम्याइ छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिन जारी रहेकै बखत सरकारले अधिकारीसहित संलग्नलाई बचाएको आरोप लगाएका थिए ।६० किलो सुन र भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थप ७ जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो । आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ । मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ अहिले१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । उनको संलग्नता ६० किलोमा पनि देखिएको आयोगको जाँचबुझ निष्कर्ष छ ।

सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा सो सिफारिस गरेको हो । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । यस्तै ६० किलो सुन र भेप प्रकरणमा त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा दुई जना उपन्यायाधिवक्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता बासुदेव शर्मा र जनक घिमिरेलाई कारबाहीको सिफारिस भएको गृह मन्त्रालयका उच्च अधिकृतले बताएका छन् ।

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दुई उपन्यायाधिवक्ताले गलत अभियोजन गरेको छ । उपन्यायाधिवक्ता घिमिरे अहिले महान्यायाधिवक्ता कार्यालयमा र शर्मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत छन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरुले मुद्दा अभियोजन गरेका हुन् । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

एमालेले लगातार संसदमा आवाज उठाएपछि यो समिति गठन भएको थियो । अहिले यसको प्रतिवेदन सार्वजनिक भएपछि एमालेले आफुहरुले उठाएको प्रश्न सत्य सावित भएको छ । काग्रेसका प्रदीप पौडेलले समेत यसका लागि एमालेलाई धन्यवाद दिएका छन् ।सुनतस्करी प्रकरणको प्रतिवेदनका मुख्य विषयहरु बाहिरिएसँगै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका विषयमा पनि प्रश्न उठाएका छन् ।

उनले काठमाडौंस्थित घर कुन स्रोतले बनाइएको हो, स्पष्ट पार्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १० वर्षअघि दुई कोठाको डेरामा बसेका पुनको अहिले आलिसान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन् । “…१० वर्षअगाडि उहाँ (नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिसान दरबारमा उहाँ राज भइबक्सेको छ,” उनले भने, “म चाहन्छु, त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।”

यस्तै, सुन तस्करसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्कको विवरण सार्वजनिक भएको भन्दै उनले सो कुराकानीको अडियो नै संसद्मा सुनाउन माग गरेका छन् । यस्तै एमालेका सांसद सूर्य थापाले सुनतस्करीको प्रतिवेदन संसदमै सार्वजनिक गर्न माग गरेका छन् । सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसंग जोडिएका प्लाटिनम कलेजका संचालक जीवन गुरुङविरुद्ध मुद्या चलाउने–नचलाउने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सरकारी वकिल कार्यालयको राय मागेको छ ।

हिरासतमा रहेका गुरुङमाथि अनुशन्धानपछि भन्सार कार्यालयले रायका लागि फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा पठाएको हो । दुई साताको अनुशन्धानपछि मुद्या चलाउने, नचलाउने विषयलाई लिएर भन्सारले मंगलबार सरकारी वकिलसंग राय मागेको हो । जीवनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश र अर्थमन्त्री वर्षमान पुनसंग पनि सम्पर्क गरेको समाचारहरु आएका छन् । एक वर्षको अवधिमा जीवन र पूर्व उपराष्ट्रपति नन्दबहादुरबीच ३३ पटक फोन कल भएको देखिन्छ । जीवनले नन्दबहादुर उपराष्ट्रपति हुँदा आफूले सल्लाहकारका रुपमा गरेको बताउँदै आएका छन् ।

अब सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको अवस्थामा प्रधानमन्त्रीले समेत अपराधी कसैलाई पनि नछाड्नु भन्ने निर्देशन दिएका छन् । गृहमन्त्री झनै आक्रमक छन् । यस्तो बेला राजीनामा मागिरहेका गृहमन्त्री रवि र गठबन्धनका दलहरुसँग हनेक सर्तसहित विश्वासको मत लिएका प्रधानमन्त्रीले आफ्नै पार्टीका नेता र कारबाहीको सिफारिस भएका सरकारी अधिकारीहरुलाई कारबाहीको डण्डा चलाउने हिम्मत गर्लान् ? आफ्ना विचारहरु राख्न सक्नुहुनेछ ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top