NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

सुन तस्करीको छानबिनमा सीआईबीले नै दियो धोका ! महरा कहिले पक्राउ पर्छन ?

शुक्रबार चैत्र २ , २०८०
Reading Time: 1 min read
A A
सुन तस्करी प्रकरणःमहरा र किरण बज्रचार्यलाई कारबाहीको सिफारिस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ चैत , विराटनगर।

सुन तस्करीको छानबिन गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी सवेन्द्र खनालसहितका उच्चपदस्थलाई कारबाही सिफारिस गरेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले उच्चपदस्थहरूलाई कारबाहीबाट उन्मुक्तिका लागि प्रमाण लुकाउन सहयोगी भूमिका खेलेको भन्दै विभागीय कारबाही सिफारिस भएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरासहितलाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

पूर्वसभामुख महराका छोरा राहुल भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । सिआइबीले महरालाई मुद्दा नचलाएर उन्मुक्ति दिएको हो। सिआइबीले इलेक्ट्रिक चुरोट (भेप)मार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा उनलाई कागज मात्रै गराएर छाडेको थियो। यद्यपि उनका छोरा राहुल महरालाई भने पक्राउ गरी मुद्दा चलाएको थियो। महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। तर पनि सिआइबीले उनीहरूविरूद्ध पहिलो चरणको अनुसन्धानमा सोधपुछ नगरी मुद्दा बुझाएको थियो। दोस्रो चरणको अनुसन्धानमा भने राहुललाई पक्राउ गरेको थियो।

आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको र प्रमाण लुकाउने र भीआईपीहरूलाई बचाउन सहयोगी भूमिका निर्वाह गरेको निीकर्ष निकालेको छ । मुद्दा चलाउनुपर्नेलाई जोगाएको भन्दै ब्युरोकी प्रमुख एआईजी बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो । सुन तस्करीसम्बन्धी अनुसन्धानमा खटिएका ब्युरोका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई बज्राचार्यसँगै विभागीय कारबाही सिफारिस भएको छ ।

सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त जीवन चलाउनेलाई भगाएको आरोपमा उनीहरूलाई विभागीय कारबाही सिफासिस भएको हो । ब्युरोमा उपस्थित गराएर छोडेका कारण उनीहरूमाथि यस्तो सिफारिस भएको हो । राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई पनि आयोगले कारबाही सिफारिस गरेको छ । सुन प्रकरण आएका बेला अधिकारी अध्यागमन विभागको महानिर्देशकका रूपमा कार्यरत थिए ।

तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँगको सम्बन्धका आधारमा अधिकारीलाई कारबाही सिफारिस भएको हो । दावा र अधिकारीबीच वी–च्याटमार्फत नियमित कुराकानी हुने गरेको आयोगको ठम्याइ छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिन जारी रहेकै बखत सरकारले अधिकारीसहित संलग्नलाई बचाएको आरोप लगाएका थिए ।६० किलो सुन र भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थप ७ जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो । आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ । मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ अहिले१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । उनको संलग्नता ६० किलोमा पनि देखिएको आयोगको जाँचबुझ निष्कर्ष छ ।

सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा सो सिफारिस गरेको हो । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । यस्तै ६० किलो सुन र भेप प्रकरणमा त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा दुई जना उपन्यायाधिवक्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता बासुदेव शर्मा र जनक घिमिरेलाई कारबाहीको सिफारिस भएको गृह मन्त्रालयका उच्च अधिकृतले बताएका छन् ।

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दुई उपन्यायाधिवक्ताले गलत अभियोजन गरेको छ । उपन्यायाधिवक्ता घिमिरे अहिले महान्यायाधिवक्ता कार्यालयमा र शर्मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत छन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरुले मुद्दा अभियोजन गरेका हुन् । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

एमालेले लगातार संसदमा आवाज उठाएपछि यो समिति गठन भएको थियो । अहिले यसको प्रतिवेदन सार्वजनिक भएपछि एमालेले आफुहरुले उठाएको प्रश्न सत्य सावित भएको छ । काग्रेसका प्रदीप पौडेलले समेत यसका लागि एमालेलाई धन्यवाद दिएका छन् ।सुनतस्करी प्रकरणको प्रतिवेदनका मुख्य विषयहरु बाहिरिएसँगै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका विषयमा पनि प्रश्न उठाएका छन् ।

उनले काठमाडौंस्थित घर कुन स्रोतले बनाइएको हो, स्पष्ट पार्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १० वर्षअघि दुई कोठाको डेरामा बसेका पुनको अहिले आलिसान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन् । “…१० वर्षअगाडि उहाँ (नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिसान दरबारमा उहाँ राज भइबक्सेको छ,” उनले भने, “म चाहन्छु, त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।”

यस्तै, सुन तस्करसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्कको विवरण सार्वजनिक भएको भन्दै उनले सो कुराकानीको अडियो नै संसद्मा सुनाउन माग गरेका छन् । यस्तै एमालेका सांसद सूर्य थापाले सुनतस्करीको प्रतिवेदन संसदमै सार्वजनिक गर्न माग गरेका छन् । सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसंग जोडिएका प्लाटिनम कलेजका संचालक जीवन गुरुङविरुद्ध मुद्या चलाउने–नचलाउने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सरकारी वकिल कार्यालयको राय मागेको छ ।

हिरासतमा रहेका गुरुङमाथि अनुशन्धानपछि भन्सार कार्यालयले रायका लागि फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा पठाएको हो । दुई साताको अनुशन्धानपछि मुद्या चलाउने, नचलाउने विषयलाई लिएर भन्सारले मंगलबार सरकारी वकिलसंग राय मागेको हो । जीवनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश र अर्थमन्त्री वर्षमान पुनसंग पनि सम्पर्क गरेको समाचारहरु आएका छन् । एक वर्षको अवधिमा जीवन र पूर्व उपराष्ट्रपति नन्दबहादुरबीच ३३ पटक फोन कल भएको देखिन्छ । जीवनले नन्दबहादुर उपराष्ट्रपति हुँदा आफूले सल्लाहकारका रुपमा गरेको बताउँदै आएका छन् ।

अब सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको अवस्थामा प्रधानमन्त्रीले समेत अपराधी कसैलाई पनि नछाड्नु भन्ने निर्देशन दिएका छन् । गृहमन्त्री झनै आक्रमक छन् । यस्तो बेला राजीनामा मागिरहेका गृहमन्त्री रवि र गठबन्धनका दलहरुसँग हनेक सर्तसहित विश्वासको मत लिएका प्रधानमन्त्रीले आफ्नै पार्टीका नेता र कारबाहीको सिफारिस भएका सरकारी अधिकारीहरुलाई कारबाहीको डण्डा चलाउने हिम्मत गर्लान् ? आफ्ना विचारहरु राख्न सक्नुहुनेछ ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#सुन तस्करीको छानबिन#महरा कहिले पक्राउ पर्छन ?#नेपाल टाईम्स

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.