महरामाथि तत्काल कारबाही अघि बढ्ने,गृहमन्त्रीले दिए निर्देशन

३ चैत ८०, आइतबार

४ चैत, काठमाण्डौ  ।

सुन तस्करी छानविन समितिको प्रतिवेदनको सिफारिस वमोजिम उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भेपभित्रको सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री छामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई आफ्नो कार्यकक्षमा बोलाएर महरा लगायतमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले चैत्र १ गते भेपभित्रको ९ किलो सुन प्रकरणमा महरामाथि मुद्या चलाउन सिफारिस गरेको थियो । मन्त्री लामिछानेले समितिले मुद्या चलाउन सिफारिस गरेका महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाही प्रक्रिया थाल्न भनेका छन् ।

Advertisement

लामिछानेले अयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भनेको उनको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको चैत २ गते बसेको बैठले प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यहि दिनको बैठकले प्रतिवेदनमा कारबाहीको सिफारिस गरिएकी किरण बज्रचार्यको स्थानमा सीआईबी प्रमुखमा एआइजी ज्ञवालीलाई सरुवा गरेको थियो ।

यसैबीच नेपाल सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकले नै सो निर्णय गरेको हो ।

Advertisement

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा चोधरीका भाइ अरुण चौधरीमाथि अनुशन्धान जारी छ । अदालतको आदेशपछि अरुण प्रहरी हिरासतमुक्त भएका थिए । अरुणलाई पक्राउ गरेपछि नेपाली कांग्रेसले सरकारमाथि दबाब दिएको तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top