×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

नेपालको ऋण २३ खर्ब ८८ अर्ब,अर्थमन्त्री भन्छन् संकट छैन्

४ चैत्र २०८०

४ चैत, काठमाण्डौ ।
नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार चालु आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्मको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार नेपालले भुक्तानी गर्न बाँकी उक्त ऋणमा ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

नेपालले चालु आर्थिक वर्ष २०८०÷८१ को पछिल्लो ८ महिनामा २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ थप ऋण लिएको छ । सरकारले लिएको ऋणमा आन्तरिकतर्फ १ खर्ब ४६ अर्ब ६४ करोड र बाह्य ऋण २८ अर्ब ८६ करोड रुपैयाँ चालु आवको फागुनसम्ममा भुक्तानी गरेको छ । सरकारले यस वर्ष ऋण तिर्नमात्र सवा १ खर्ब रुपैयाँ खर्च गर्नुपरेको छ ।

Advertisement

जसले गर्दा विकास निर्माणमा खर्च हुनुपर्ने ठूलो बजेट ऋण तिर्न खर्च गर्नुपरेको अवस्था छ । फागुन मसान्तसम्म १ खर्ब २६ अर्ब ३ करोड साँवा भुक्तानीमा खर्च भएको छ । कार्यालयको तथ्यांक अनुसार आन्तरिक ऋणको साँवा भुक्तानीमा मात्र १ खर्ब २ अर्ब र वाह्य ऋणको साँवा भुक्तानीमा २३ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ ।

जसमा ब्याज भुक्तानीको रकम जोडिएको छैन । फागुन मसान्तसम्म सरकारले सार्वजनिक ऋणको ब्याज भुक्तानीमा मात्र ४९ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । यस वर्ष आठ महिनामा आन्तरिक ऋणको ब्याज भुक्तानीमा ४३ अर्ब ६७ करोड खर्च भएको छ । सरकारले पछिल्लो आठ महिनामा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण थप गरेको छ ।

सरकारलाई आन्तरिक ऋणको हालसम्मको दायित्व ११ अर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ छ भने बाह्य ऋणको दायित्व १२ खर्ब २ खर्ब ७३ करोड रहेको पनि तथ्यांकले देखाएको छ । यसैबीच अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको बताएका छन् ।

नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री पुनले अर्थतन्त्रमा केही समस्या देखिए पनि संकटको अवस्थामा भने नपुगेको बताएका हुन् । उनले सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको धारणा राखे ।

“एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति अहिले रहेको विप्रेषण आप्रवाह राम्रो अवस्थामा रहेको र बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ, अब विस्तारै लगानी पनि बढ्छ,“ उनले भने। उनले बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा समस्यामा परेको अर्थतन्त्र अहिले निकै मजबुद बनेको धारणा राखे ।

मन्त्री पुनले आफ्नो कार्यकालमा यसअघि अवलम्बन गरिएका कार्यक्रमका साथै सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने जिकिर गरे ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top