युनाइटेड र चेल्सीको खेलमा गोलको वर्षा

४ चैत ८०, सोमबार

५ चैत, एजेन्सी । म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा चिर प्रतिद्वन्दी लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

Advertisement

खेलको १०औं मिनेटमा स्कट मकटोमिनेले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्य तिर नै युनाइटेडले दुई गोल खान पुग्यो ।

४४औं मिनेटमा डार्विन नुनेजको क्रसमा एलेक्सिस मक्यालिसटारले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाए ।

Advertisement

त्यसपछि युनाइटेडका लागि खेलको ८७औं मिनेटमा एन्टोनीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेले ।

१०५औं मिनेटमा हार्भि एलियटले बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर पोस्ट भित्र गएपछि लिभरपुल खेलमा पुनः अगाडि पुगेको थियो । तर ११२औं मिनेटमा युनाइटेडले पुनः बराबरी गर्यो ।

मकटोमिनेको पासमा मार्कस र्यासफर्डले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी शूटआउट तर्फ गइरहेको खेलमा युनाइटेडले अन्तिम मिनेटमा गोल गर्दै जित निकाल्यो ।

अतिरिक्त समयको पनि इन्ज्युरी समयमा काउन्टर अट्याकमा अलेहान्द्रो गार्नाचोको पास सदुपयोग गर्दै अमाद डियालोले गोल गर्दै जित दिलाए ।

म्यान्चेस्टर युनाइटेडको यो जितसँगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको हो ।  सेमिफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी छन् ।

यसअघि हिजै भएको खेलमा लेस्टर सिटीलाई ४–२ ले हराएर चेल्सी सेमीफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले दश जनामा सिमित लेस्टर विरुद्ध ४–२ को जित निकालेको हो । खेलको १३औं मिनेटमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो ।

निकोलस ज्याक्सनको पासमा मार्क कुकुरेलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top