Nepal Times
Nepal Times
3
Shares

युनाइटेड र चेल्सीको खेलमा गोलको वर्षा

युनाइटेड र चेल्सीको खेलमा गोलको वर्षा

५ चैत, एजेन्सी । म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा चिर प्रतिद्वन्दी लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

खेलको १०औं मिनेटमा स्कट मकटोमिनेले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्य तिर नै युनाइटेडले दुई गोल खान पुग्यो ।

४४औं मिनेटमा डार्विन नुनेजको क्रसमा एलेक्सिस मक्यालिसटारले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाए ।

त्यसपछि युनाइटेडका लागि खेलको ८७औं मिनेटमा एन्टोनीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेले ।

१०५औं मिनेटमा हार्भि एलियटले बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर पोस्ट भित्र गएपछि लिभरपुल खेलमा पुनः अगाडि पुगेको थियो । तर ११२औं मिनेटमा युनाइटेडले पुनः बराबरी गर्यो ।

मकटोमिनेको पासमा मार्कस र्यासफर्डले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी शूटआउट तर्फ गइरहेको खेलमा युनाइटेडले अन्तिम मिनेटमा गोल गर्दै जित निकाल्यो ।

अतिरिक्त समयको पनि इन्ज्युरी समयमा काउन्टर अट्याकमा अलेहान्द्रो गार्नाचोको पास सदुपयोग गर्दै अमाद डियालोले गोल गर्दै जित दिलाए ।

म्यान्चेस्टर युनाइटेडको यो जितसँगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको हो ।  सेमिफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी छन् ।

यसअघि हिजै भएको खेलमा लेस्टर सिटीलाई ४–२ ले हराएर चेल्सी सेमीफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले दश जनामा सिमित लेस्टर विरुद्ध ४–२ को जित निकालेको हो । खेलको १३औं मिनेटमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो ।

निकोलस ज्याक्सनको पासमा मार्क कुकुरेलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.