×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न

५ चैत्र २०८०

५ चैत, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ ।

झापाको दमकमा भएको परिषद्को चौथो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ ।

Advertisement

अधिवेशनका क्रममा विभिन्न विषयसँग सम्बन्धित सुझाव संकलन तथा छलफल भएको थियो । अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा) लाई निर्वाचित गरेको छ ।

यस्तै सचिवमा जितेन लोहार (धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर), फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) लाई निर्वाचित गरेको छ । सहसचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर) निर्वाचित भएका छन् ।

यसैगरी कोशी प्रदेश छात्रा प्रमुखमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–छात्रा प्रमुखमा जयन्ती पाख्रिन (सुनसरी) निर्वाचित भएका छन् भने जनजाति कार्य प्रमुखमा नगेश कुलुङ राई (सङ्खुवासभा) निर्वाचित भएका छन् ।

यस्तै, व्यवस्था प्रमुखमा मनिप ओझा (मोरङ), मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर) निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा अभिषेक पोखरेल (मोरङ), भावना गुरुङ (मोरङ), मौसम राई (मोरङ), मनिता ढकाल (भोजपुर), लिला गौतम (ओखलढुङ्गा), चन्द्र कुमार कार्की (धनकुटा), जनक रसाइली (सोलुखुम्बु), सुरेन्द्र मेहता (सुनसरी), निरोज ठाकुर (सुनसरी) र सन्देश राई (सङ्खुवासभा) निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । उनले परिषद्ले हरेक क्षेत्रमा सकारात्मक कार्य गरिहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । अधिवेशनमा दुई सय प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको थियो ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top