×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

लडिरहने बाइडेनका लागि बन्यो विशेष जुत्ता ,कस्तो छ ?

६ चैत्र २०८०

६ चैत , एजेन्सी ।

दोस्रो कार्यकालका लागि यस वर्ष हुन लागेको राष्ट्रपतिय चुनावमा उमेद्वार बन्न लागेका अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्षका भए । उनको उमेरलाई लिएर नै बाइडेनलाई चुनावमा कडा टक्कर दिने ठानिएका डोनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा निकै मजाक पनि उडाउने गरेका छन् । ट्रम्पले गत नोभेम्बरमा एक ¥यालीमा स्पष्ट रूपमा भनेका थिए कि बाइडनको अवस्था त्यस्तो छैन कि उसले अमेरिका जस्तो शक्तिशाली देशको नेतृत्व गर्न सक्छ ।

Advertisement
Advertisement

यस्तै उमेरलाई लिएर ट्रम्पले बाइडेनलाई बुढा भनेपछि बाइडेनले पनि ट्रम्प जति बुढा छन् आफू पनि त्यतिकै बुढो भएको बताएका थिए । हुन पनि बाइडेनको शारीरिक र मानिसक स्वास्थ्यलाई लिएर विभिन्न खाले टिकाटिप्पणी, प्रश्नहरु पनि धेरै नै उठ्ने गरेका छन् । धेरैले बाइडन मानसिक र शारीरिक रूपमा फिट नभएको बताएका छन् ।

एकातिर बाइडेन बोल्दाबोल्दै बिर्सिने, अर्कातिर हिड्दाहिड्दै लडेका भिडियोहरु पनि सामाजिक संजालमा भाइरल बनेका छन् । र यस्तो पटक पटक दोहोरिएका छन् । गत महिना बाइडेन एयर फोर्स वनको सिँढीमा दुई पटक ठोक्किएका थिए । यसअघि २०२१ मा उनी यी सिँढीबाट खसेका थिए । इन्डोनेसियाको बालीमा भएको जी–२० बैठकमा पनि उनी चिप्लिए । यसबाहेक उनी पनि लडेका छन् ।

त्यसैले उनको स्वास्थको बारेमा प्रश्न उठ्नु स्वभाविक हो । तर अब पटक पटक लडिरहने बाइडेनका लागि एक विशेष प्रकारको जुत्ता बनाइने भएको छ । ‘फक्स न्यूज’को रिपोर्टका अनुसार राष्ट्रपतिका लागि बारम्बार लड्ने जोखिम कम गर्न नयाँ प्रकारको जुत्ता डिजाइन गरिएको छ । राष्ट्रपति बाइडनको नयाँ जुत्ता गत महिना पहिलो पटक चर्चामा आएको थियो । तर, त्यतिबेला धेरै जानकारी खुल्न सकेको थिएन् ।

समाचारअनुसार आरएनसी रिसर्च एजेन्सीले केही दिनअघि बाइडेनका नयाँ जुत्ताका विशेषताहरूको विश्लेषण गरेको थियो । एजेन्सीले यी लाइफस्टाइल जुत्ता होका ब्राण्डले उत्पादन गरेको बताएको थियो । यसका साथै नयाँ जुत्तामा राष्ट्रपतिलाई अधिकतम सहयोग र हिँडडुल गर्न सहज हुने ‘इनसाइड एडिसन’ राखिएको समाचारमा जनाइएको छ ।

यस बाहेक यी नयाँ जुत्ताहरूले बाइडनको सन्तुलन पनि कायम राख्नेछन्, जसले गर्दा राष्ट्रपतिलाई हिँड्दा लडने जोखिम कम हुनेछ । एक रिपोर्टका अनुसार बाइडनका लागि तयार पारिएको जुत्तालाई होका ट्रान्सपोर्ट भनिन्छ । बाइडन धेरै पटक लडेका छन्, त्यसैले यी जुत्ताको एकमात्र चौडा र राम्रो पकडको साथ राखिएको छ । लगाएर हिँड्दा धेरै सहज महसुस गर्छन् ।

Advertisement

अमेरिकन पोडियाट्रिक एसोसिएसनले पनि यो जुत्ता खुट्टाको लागि धेरै सहज भएको कुरामा सहमत भएको छ । यो महत्त्वपूर्ण हुन्छ किनभने गत महिना भर्खरै एक मेडिकल रिपोर्टले बाइडनको खुट्टामा समस्या भएको र उनका केही स्नायुहरू कमजोर भएको बताए । यो उनको निजी कर्मचारीको लागि चिन्ताको विषय रहँदै आएको थियो तर नयाँ जु्त्ताले उनी लडने जोखिम भने कम गरेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top