६ चैत , एजेन्सी ।
दोस्रो कार्यकालका लागि यस वर्ष हुन लागेको राष्ट्रपतिय चुनावमा उमेद्वार बन्न लागेका अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्षका भए । उनको उमेरलाई लिएर नै बाइडेनलाई चुनावमा कडा टक्कर दिने ठानिएका डोनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा निकै मजाक पनि उडाउने गरेका छन् । ट्रम्पले गत नोभेम्बरमा एक ¥यालीमा स्पष्ट रूपमा भनेका थिए कि बाइडनको अवस्था त्यस्तो छैन कि उसले अमेरिका जस्तो शक्तिशाली देशको नेतृत्व गर्न सक्छ ।
यस्तै उमेरलाई लिएर ट्रम्पले बाइडेनलाई बुढा भनेपछि बाइडेनले पनि ट्रम्प जति बुढा छन् आफू पनि त्यतिकै बुढो भएको बताएका थिए । हुन पनि बाइडेनको शारीरिक र मानिसक स्वास्थ्यलाई लिएर विभिन्न खाले टिकाटिप्पणी, प्रश्नहरु पनि धेरै नै उठ्ने गरेका छन् । धेरैले बाइडन मानसिक र शारीरिक रूपमा फिट नभएको बताएका छन् ।
एकातिर बाइडेन बोल्दाबोल्दै बिर्सिने, अर्कातिर हिड्दाहिड्दै लडेका भिडियोहरु पनि सामाजिक संजालमा भाइरल बनेका छन् । र यस्तो पटक पटक दोहोरिएका छन् । गत महिना बाइडेन एयर फोर्स वनको सिँढीमा दुई पटक ठोक्किएका थिए । यसअघि २०२१ मा उनी यी सिँढीबाट खसेका थिए । इन्डोनेसियाको बालीमा भएको जी–२० बैठकमा पनि उनी चिप्लिए । यसबाहेक उनी पनि लडेका छन् ।
त्यसैले उनको स्वास्थको बारेमा प्रश्न उठ्नु स्वभाविक हो । तर अब पटक पटक लडिरहने बाइडेनका लागि एक विशेष प्रकारको जुत्ता बनाइने भएको छ । ‘फक्स न्यूज’को रिपोर्टका अनुसार राष्ट्रपतिका लागि बारम्बार लड्ने जोखिम कम गर्न नयाँ प्रकारको जुत्ता डिजाइन गरिएको छ । राष्ट्रपति बाइडनको नयाँ जुत्ता गत महिना पहिलो पटक चर्चामा आएको थियो । तर, त्यतिबेला धेरै जानकारी खुल्न सकेको थिएन् ।
समाचारअनुसार आरएनसी रिसर्च एजेन्सीले केही दिनअघि बाइडेनका नयाँ जुत्ताका विशेषताहरूको विश्लेषण गरेको थियो । एजेन्सीले यी लाइफस्टाइल जुत्ता होका ब्राण्डले उत्पादन गरेको बताएको थियो । यसका साथै नयाँ जुत्तामा राष्ट्रपतिलाई अधिकतम सहयोग र हिँडडुल गर्न सहज हुने ‘इनसाइड एडिसन’ राखिएको समाचारमा जनाइएको छ ।
यस बाहेक यी नयाँ जुत्ताहरूले बाइडनको सन्तुलन पनि कायम राख्नेछन्, जसले गर्दा राष्ट्रपतिलाई हिँड्दा लडने जोखिम कम हुनेछ । एक रिपोर्टका अनुसार बाइडनका लागि तयार पारिएको जुत्तालाई होका ट्रान्सपोर्ट भनिन्छ । बाइडन धेरै पटक लडेका छन्, त्यसैले यी जुत्ताको एकमात्र चौडा र राम्रो पकडको साथ राखिएको छ । लगाएर हिँड्दा धेरै सहज महसुस गर्छन् ।
अमेरिकन पोडियाट्रिक एसोसिएसनले पनि यो जुत्ता खुट्टाको लागि धेरै सहज भएको कुरामा सहमत भएको छ । यो महत्त्वपूर्ण हुन्छ किनभने गत महिना भर्खरै एक मेडिकल रिपोर्टले बाइडनको खुट्टामा समस्या भएको र उनका केही स्नायुहरू कमजोर भएको बताए । यो उनको निजी कर्मचारीको लागि चिन्ताको विषय रहँदै आएको थियो तर नयाँ जु्त्ताले उनी लडने जोखिम भने कम गरेको छ ।