माओवादीका नेताले आत्मग्लानी भयो भन्दै पार्टी छाडे !

७ चैत ८०, बिहीबार

८ चैत , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रबाट पटक पटक मन्त्रीसहित प्रतिनिधिसभाका सभामुखसमेत बनिसकेका पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन सुनतस्करी प्रकरणका अभियुक्त बनेपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीमा बस्दा आत्मग्लानी हुने भन्दै पार्टी परित्याग गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै राजीनामा पत्र बुझाउँदै संविधानसभा सदस्य समेत रहेका शर्माले महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी भएको र जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महशुस गरेको उल्लेख गरेका छन् ।

Advertisement

पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी सामाजिक संजालमार्फत् अध्यक्ष प्रचण्डलाई गराएका छन् । नेता शर्मा पार्टीको नेतृत्वप्रति लामो समयदेखि असन्तुष्ट थिए । उनले पार्टीका प्रमुख पदाधिकारीहरु बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको, माओवादी पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै गएको टिप्पणी गरेका छन् ।

नेता शर्माले जनादेश विपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशातर्फ धकेलेको आरोप पनि अध्यक्ष प्रचण्डमाथि लगाएका छन्।

Advertisement

उनले भनेका छन्, १० बर्षे जनयुद्ध को दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै जानु र जनादेश बिपरित बिदेशी शक्तिको आडभरोसामा सरकारमा रहन कै लागि पटक–पटक गठबंधन फेरिरहने र देशलाई अस्थिरता एवं बिदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशा तर्फ धकेले को महशुश गरेको छु! माओवादी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा छन् । तर शर्माले पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुन्छ !’ पार्टीले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचानसहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक समाबेशी संसद, क्रान्तिकारी भुमिसुधार, निस्शुल्क एवं गुणस्तरिय शिक्षा र स्वास्थ्यका साथै रोजगारीको ग्यारेन्टीसहित नयाँ नेपाल बनाउने सपना तुहिएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

उनले राजीनामा पत्रमा माओवादी पार्टीमा संलग्न हुदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भैरहेको काम को समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुने उल्लेख गरेका छन् । यसअघि महरा प्रक्राउ परेपछि माओवादी नेता लेखनाथ न्यौपानेले पनि माओवादीपनि उही ड्याङको मुला भन्दै पार्टी नेतृत्वप्रति कडा टिप्पणी गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top