चेन्नईको कप्तानबाट धोनीको विश्राम!

७ चैत ८०, बिहीबार

८ चैत , एजेन्सी ।
आईपीएल २०२४ सुरु हुनु ठीक एक दिनअघि सफल टिम चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । आईपीएलको पहिलो सिजनदेखि नै महेन्द्र सिंह धोनी टोलीको कप्तान छन्। यसबीचमा रविन्द्र जडेजाले यो जिम्मेवारी पाए पनि उनको असफलताका कारण धोनीलाई फेरि कप्तान बनाइएको थियो ।

आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । गत वर्ष महेन्द्र सिंह धोनीको कप्तानीमा टोलीले उपाधि जितेको थियो । धोनी ४२ वर्षका छन् । यस्तो अवस्थामा फ्रेन्चाइजीले उनको स्थानमा नयाँ कप्तानको घोषणा गरेको छ ।

ओपनर रुतुराज गायक्वाड टिमको नयाँ कप्तान हुनेछन् । उनले भारतीय टिमको कप्तानी समेत गरेका छन् । चेन्नईले सिजनको आफ्नो पहिलो खेल २२ मार्चमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्ने छ । महेन्द्र सिंह धोनी आईपीएल इतिहासमा सबैभन्दा सफल कप्तान हुन्।

Advertisement

सन् २००८ मा चेन्नई सुपर किंग्सले धोनीलाई ६ करोडमा किनेको थियो । उनी सबैभन्दा महँगो खेलाडी थिए र टोलीले उनलाई कप्तान पनि बनाएको थियो। उनले कुल २ सय २६ खेलमा कप्तानी गरेका छन् र १ सय ३३ जित हासिल गरेका छन्।

उनको टोलीले ९१ खेलमा हार बेहोरेको छ भने २ खेल अनिर्णित रह्यो । यसमा राइजिङ पुणे सुपरजायन्ट्सका खेलहरू पनि समावेश छन्। चेन्नईको कुरा गर्दा उनले २१२ खेलमा कप्तानी गरेका छन् भने १२८ खेल जितेका छन् ।

Advertisement

धोनीले चेन्नईका लागि कप्तानको रूपमा ५ उपाधि जितेका छन् । रोहित शर्मासँगै धोनी पनि सबैभन्दा धेरै उपाधि जित्ने कप्तान हुन्। यता रुतुराजको प्रदर्शन उत्कृष्ट नै देखिएको छ । पछिल्लो केही सिजनमा चेन्नई सुपर किंग्सका लागि रुतुराज गायक्वाडको प्रदर्शन उत्कृष्ट रहेको छ ।

गत सिजनमा रुतुराजले १६ खेलमा १४७ को स्ट्राइक रेटमा ५९० रन बनाएका थिए । रुतुराजले चार अर्धशतक बनाएका थिए । योसँगै आईपीएल २०२२ मा ओपनिङ ब्याट्सम्यानले १४ म्याचमा ३ अर्धशतक सहित ३६८ रन बनाएका थिए ।

उनी फ्रेन्चाइजको चौथो कप्तान बनेका छन् । यसअघि एमएस धोनी, सुरेश रैना र रविन्द्र जडेजाले टोलीको जिम्मेवारी सम्हालिसकेका छन् । चेन्नेईले एक विज्ञप्ति जारी गर्दै भनेको छ–’ एम एसधोनीले आईपीएल २०२४ सुरु हुनु अघि चेन्नई सुपर किंग्सको कप्तानी रुतुराज गायक्वाडलाई सुम्पेका छन्।

गायक्वाड २०१९ देखि चेन्नई सुपर किंग्सको हिस्सा छन् र यस अवधिमा आईपीएलमा ५२ खेल खेलेका छन्। टोली आगामी सिजनको प्रतिक्षामा छ ।

यसअघि सन् २०२२ को सिजनमा रविन्द्र जडेजालाई कप्तान बनाउँदा पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले पनि कप्तानी छाडेका थिए तर टोलीको खराब प्रदर्शनका कारण जडेजाले सिजनको बीचमा कप्तानी छाड्नुपरेको थियो । फेरि २०२३ सिजनमा धोनीले आफ्नो नेतृत्वमा चेन्नईलाई ५ औं पटक च्याम्पियन बनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top