×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

नेपाली खेलाडी विनाको आईपील कति प्रतिक्षारत ? चेन्नई भर्सेस बैंग्लुरु, हेड टू हेड !

९ चैत्र २०८०

९ चैत , एजेन्सी।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेलिने छ । यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ । त्यसअघि चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने छ ।

Advertisement
Advertisement

उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने भएका छन् । यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्राफलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने बताइएको छ । प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादको सहभागिता रहने छ।

भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ ।

तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ । आईपीएलको १७औँ संस्करणको उद्घाटन खेल शुक्रबार साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिँदै छ । प्रतियोगिताको उद्घाटन खेल चेन्नईको घरेलु मैदान एम. ए. चिदम्बरम स्टेडियममा खेलिने छ ।

यसपटक बैंग्लुरुको टोलीमा प्रभावशाली ब्याट्सम्यानहरूको बलियो उपस्थिति देखिन्छ । टोलीमा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, क्यामरुन ग्रिन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिकजस्ता ब्याट्सम्यानहरूको दबदबा देखिन्छ । बैंग्लुरुले आईपीएलको १७औँ संस्करणका लागि २० करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरेर ६ जना प्रभावशाली खेलाडी भित्राएको छ ।

बैंग्लुरुको टोलीमा यसपटक मोहम्मद सिराज, अल्जारी जोसेफ, लोकी फर्गुसनजस्ता प्रभावशाली बलर पनि छन् बैंग्लुरुको सबैभन्दा बलियो पक्ष ब्याटिङ नै हो । बैंग्लुरुको टोलीमा छैटौँ नम्बरसम्म क्रिज समाल्न आउने ब्याट्सम्यान प्रभावशाली छन् । टिममा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन र दिनेश कार्तिक छन् ।

उता चेन्नई सुपर किङ्स आईपीएलको साबिक विजेता टोली हो । यसपटक अन्तिम समयमा चेन्नई कप्तान महेन्द्रसिंह धोनीले कप्तानी छाडेका छन् । ऋतुराज गायकवाडलाई कप्तान नियुक्त गरिएको छ । धोनी आईपीएलको इतिहासमै सर्वाधिक सफल कप्तान हुन् । उनले हालसम्म चेन्नईलाई पाँचपटक आईपीएलको उपाधि चुमाइसकेका छन् ।

धोनीका अतिरिक्त नयाँ कप्तान ऋतुराज गायकवाड, रवीन्द्र जडेजाजस्ता प्रभावशाली खेलाडी पनि चेन्नईको भरोसाका केन्द्र हुन् । यसपटक टोलीमा केही कमजोरी पनि देखिएको छ । डेभोन कनवे र मथिसा पाथिराना घाइते भएका कारण चेन्नई केही दबाबमा छ । चेन्नई सुपर किङ्सले आईपीएलको १७औँ संस्करणका लागि भएको अक्सनमार्फत ६ जना खेलाडी खरिद गरेको थियो ।

त्यसमध्ये तीनजना विदेशी र दुईजना भारतीय खेलाडी थिए । दुवै भारतीय खेलाडीले भने यसअघि आईपीएल खेलेका छैनन् । अहिलेसम्म दुई टोलीबीचको ३१ खेलमा सुपर किंग्सले दबदबा कायम गर्दै २० खेलमा जित हासिल गरेको छ भने एक खेल नतिजाविहीन भएको छ । यसको उल्टो रोयल च्यालेन्जर्सले १० खेल जितेको छ ।

Advertisement

पछिल्लो पाँच खेलमा चेन्नईले ४–१ को अग्रता लिएको छ । गत संस्करणको जस्तो यस आईपीएलमा पनि नेपाली खेलाडीको प्रतिनिधित्व देखिने छैन् । आईपीएलको मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएकामा एक खेलाडीपनि अक्सनमा समेत पर्न सकेनन् । आईपीएल खेलेका नेपालका एक मात्रै खेलाडी सन्दीप लामिछाने हुन् । जो यतिबेला बलात्कारमा दोषी ठहरभएपछि निलम्बित छन् ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top