×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

आईपीएलः कोलकाता र पञ्जावको विजयी शुरुवात !

११ चैत्र २०८०

११ चैत , एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस् तथा राति पौने ८ बजे गुजरात टाइटन्स र मुम्बई इण्डियन्स खेल्दैछन् । राजस्थानको कप्तानी सन्जु सामसन र लखनउको केएल राहुलले गर्नेछन् ।

राजस्थान आईपीएल पहिलो सिजन (२००८) को विजेता टोली हो । त्यस्तै गुजरातको शुभमन गिल र मुम्बईको कप्तान हार्दिक पाण्डेय रहेका छन् । मुम्बई ५ पटकको च्याम्पियन टोली हो । गुजरात पछिल्ला दुई सिजन फाइनलमा पुगेको थियो । सन् २०२२ मा पहिलो पटक सहभागी गुजरातले राजस्थानलाई हराएर उपाधि जितेको थियो ।

Advertisement
Advertisement

हिजो भएका खेलमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् । कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले तथा पन्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हरायो । कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो ।

जितका लागि हैदरावादलाई अन्तिम ६ बलमा १३ रन चाहिएको थियो । हर्षित रानाको पहिलो बलमा क्लासनले डीप स्क्वायर लेगमा छक्का प्रहार गरे । दोस्रो बलमा हर्षितले क्लासनलाई १ रनमात्रै दिए । तेस्रो बलमा भने हर्षितले अहमदलाई कप्तान श्रेयस आय्यरबाट क्याच आउट गराए । अन्तिम बलमा हैदरावादलाई ४ रन चाहिएको थियो ।

तर, हर्षितले कप्तान प्याट कमिन्सलाई कुनै रन दिएनन् । हैदरावादका अभिषेक शर्मा र ओपनर मयंक अग्रवालले ३२–३२ रन बनाए। राहुल त्रिपाठी २०, एडम मारक्रम १८, शाहबाज अहमद १६ रनमा आउट हुँदा अब्दुल समदले १५ रनको योगदान दिए । हर्षित रानाले सर्वाधिक ३ विकेट लिए। अलराउन्ड प्रर्दशन गरेका आन्द्रे रसेलले २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान ईडन गार्डनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । उनले २५ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । ओपनर फिल साल्टले ५४ रन बनाउँदा रमनदीप सिंह ३५ र रिन्कु सिंह २३ रनमा आउट भए ।

हैदरावादका थंथारसु नटराजनले सर्वाधिक ३ विकेट लिए । मयंक मार्कन्डेले २ विकेट लिँदा प्याट कमिन्सको नाममा १ विकेट रह्यो । त्यसअघि भएकोे खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो ।

लक्ष्य भेटाउने क्रममा पञ्जाबका साम करनले ६३, लियाम स्टेफेन लिभिङस्टोनले ३८, प्रभसिमरन सिंहले २६ र कप्तान शिखर धवनले २२ रनको योगदान गरे । दिल्लीका कुलदीप यादव र खलील अहमदले २÷२ तथा इशान्त शर्माले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले सबै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।

Advertisement
Advertisement

उसका लागि डेभिड वार्नरले २९, मिचेल मर्शले २०, शाइ होपले ३३, रिषभ पन्तले १८, अक्षर पटेलले २१ र अबिशेक पोरेलले ३२ रन बनाएका थिए । पञ्जाब किंसका हर्षल पटेल र अर्शदीप सिंहले दुई÷दुई, राहुल चाहर, हरप्रीत ब्रार र कागिसो रबाडा एक÷एक विकेट लिए । उद्घाटन खेलमा चेन्नईले बेंगलुरुलाई ६ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top