पोखरामा जहाजलाई ठूलो जोखिम, चराकै कारण डाइभर्ट !

१० चैत ८०, आइतबार

११ चैत , काठमाण्डौ ।

पोखरामा ल्यान्ड हुन नसकेपछि बुद्ध र यति एयरका दुई जहाज काठमाडौँ फर्किएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबखत चराका कारण उडान÷अवतरणमा समस्या देखिँदै आएको छ । उक्त समस्या आज बिहान पनि दोहोरिएको हो। बिहानदेखि चराका हुल विमानस्थल परिपरि रहेका कारण कुनै पनि उडान अवतरण हुन सकेका छैनन् ।

चराकै कारण बिहान ११ बजेसम्म पनि रनवे खुल्न सकेको छैन् । यसका कारण हवाई उडान प्रभावित भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदीले काठमाडौँबाट पोखरा आएका दुई विमान ल्यान्ड हुन नसकेर फर्किएको जानकारी दिएकी छन् ।

Advertisement

उनले भनिन्, ‘बिहान ८ बजेपछि अहिलेसम्म विमानस्थलको धावनमार्ग (रनवे)मा चरा र किरा फटेङ्ग्राहरु देखिएपछि बिहानदेखि कुनै पनि विमान बस्न सकेका छैनन्।’ चराहरूलाई हटाउन अहिले विमानस्थलमा रहेका सम्पूर्ण स्रोत साधन प्रयोग गरिएको विमानस्थल प्रमुखले बताइन् । “पानी परेर दुई दिन पोखरामा मौसम ओसिलो बनेको छ । जसले गर्दा विमानस्थल आसपासमा साना–साना किरा फट्यांग्राहरूको गतिविधि धेरै बढेको छ ।

त्यसले गर्दा विमानस्थलमा बिहानदेखि नै चराहरू देखा परेका छन्, अहिले उडान अवतरण हुन सकेको छैन,” उनले भनिन्, “त्यसले गर्दा पोखरा विमानस्थमला विमानस्थलको रनवे क्लोज गरिएको छ । रनवे क्लोज हुँदा कुनै पनि उडान÷अवतरण हुन सकेको छैन ।”

सोही कारण काठमाडौंबाट पोखरा गएको यतीको एक वटा र बुद्धको दुई वटा विमान काठमाडौं नै डाइभर्ट गरिएको हो । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ डाइभर्ट गरिएको हो । करिब एक घण्टा होल्ड गरेपछि विमान डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top