११ चैत , काठमाण्डौ ।
फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् भोलि (सोमबार) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ । ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताएका छन् ।
‘यो ग्रहण नेपालबाट देख्न सकिँदैन उनले भनेका छन्, उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले नेपालबाट यो चन्द्रगहण नदेखिने भएका कारण सुतक अवधि पनि नलाग्ने बताए ।
उनका अनुसार ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव पार्दैन । यो सन् २०२४ को पहिलो चन्द्रग्रहण हो । यस्तै चैत २६ गते औशीका दिन पूर्ण सूर्यग्रहण लाग्दैछ । यस खगोलीय घटनाका सम्बन्धमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मार्ग, समय र वैज्ञानिक अनुसन्धानमा भएको भिन्नताका कारण सन् २०२४ को ग्रहण अझ रोमाञ्चक हुनसक्ने बताएको छ ।
वैज्ञानिकहरुका अनुसार सन् २०२४ को यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो सूर्यग्रहण हुनेछ । चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँदा पूर्ण सूर्यग्रहण लाग्छ। जसका कारण सूर्यको किरण पृथ्वीमा पुग्न रोकिन्छ र पृथ्वीको सतहको एक भाग छायाँमा पर्न जान्छ । कुल सूर्यग्रहण पछिल्लो आधा शताब्दीमा सबैभन्दा लामो हुने वैज्ञानिकहरूले बताएका छन् ।
सूर्य साढे ७ मिनेटको लागि देखिने छैन, जुन सामान्य भन्दा धेरै लामो छ। पछिल्लो पटक आकाशमा यस्तो लामो अन्धकार सन् १९७३ मा देखिएको थियो, जसले अफ्रिकी महादेशमा आफ्नो छायाँ परेको थियो । यो हो २१५० सम्म प्रशान्त महासागरमा फेरि देखिने छैन।