मोदीको घर घेर्दै आप, धारा १४४ लागू

१३ चैत , एजेन्सी ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आज आम आदमी पार्टी (आप) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास घेराउ गर्ने घोषणा गरेको छ । मदिरासम्बन्धी नीति प्रकरणमा मुख्यमन्त्री केजरीवाल हाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा छन् । त्यसको विरोधमा आम आदमी पार्टीका नेता÷कार्यकर्ताले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने भएका हुन् ।

तर दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री निवास वरिपरि सीआरपीसी को धारा १४४ लगाइएको छ । पटेल चोक मेट्रो स्टेसननजिकै सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्ली यातायात प्रहरीका अधिकारीले भने अनुसार नयाँ दिल्ली र सेंट्रल दिल्लीका कयौं क्षेत्रहरुमा यो क्रममा यातायात प्रभावित हुनसक्छ ।

Advertisement

आम आदमी पार्टीले आइतबार पनि विरोध प्रदर्शन गरेका थियो । दिल्लीका मन्त्री गोपाल रायले भनेका थिए कि जसरी केजरीवाललाई पक्राउ गरिएको छ, त्यसले मानिसहरुमा क्रोध भरिएको छ । यता बीजेपीको पनि योजना केजरीवालको राजीनामा मागेर विरोध प्रदर्शन गर्नु रहेको छ ।

बीजेपीले अरुण जेटली क्रिकेट स्टेडियमदेखि दिल्ली सचिवालयसम्म मार्चपास गर्दैछ । यता आपले भने केजरीवाल दिल्लीका सीएम कायमै रहने र जेलभित्रैबाट काम गर्ने दाबी गरिरहेको छ । केजरीवालले इडी हिरासतबाटै आफ्नो सरकारलाई निर्देशन पनि दिन थालिसकेका छन् । भारतमा आगामी महिना सुरु हुने गरी निर्वाचनको मिति घोषणा भइसकेको छ ।

Advertisement

भारतमा मतदानका लागि एक अर्ब मानिस योग्य छन् । त्यहाँको निर्वाचनलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास मानिन्छ । तर मोदी १० वर्ष सत्तामा बसिसके । उनी भारतको राजनीतिमा हावी छन् । सरकारी वेबसाइट, रेडिओ, टेलिभिजन, बिलबोर्ड र रेल्वे स्टेशनमा राखिएका स्क्रीनमा समेत मोदी नै छन् । यहाँ अरू नेताका लागि खासै ठाउँ छैन । मोदी अहिले ७३ वर्षका भए ।

उनी सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता हुन् । भाजपाको चुनावी प्रचारका लागि उनी मुख्य निधि हुन् । उनी यूट्यूब, फेसबुक, इन्स्टाग्राम र एक्समा विश्वमै सबैभन्दा धेरै मानिसले फलो गर्ने नेता पनि हुन् । सामाजिक सञ्जालमा उनको बलियो उपस्थिति छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको देशमा उनको यो विशेषता प्रतिस्पर्धाहरूका लागि ईर्ष्याको विषय बनेको देखिन्छ ।

भारतमा संसदीय शासन व्यवस्था छ । तर मोदीको चुनावी अभियानको भिन्न शैलीले अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानको झल्को दिन्छ । उनको हिन्दू राष्ट्रवादी चुनावी प्रचारले भारतमा ध्रुवीकरण निम्त्याएको भए पनि भारतीय जनता पार्टी सन् २०१४ र २०१९ का सजिलै विजयी बन्यो । आगामी निर्वाचन पनि मोदीकै दलले जित्ने पूर्वआकलन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top