बेइजिङमा आज नारायणकाजी र वाङ यीबीच भेटवार्ता

१३ चैत ,एजेन्सी । 

चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै छन् । बेइजिङमा हुने यीसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै बीरआरआई कार्यान्वयन तथा दुई देशबीच हुनसक्ने अन्य सहकार्यका विषयमा पनि छलफल हुने जनाइएको छ ।

मन्त्री श्रेष्ठले आज नै नेपाली दूतावासमा आयोजना हुने लगानीसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो अवसरमा उनले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्ने छन् । हिजो बिहान बेइजिङ पुगेका मन्त्री श्रेष्ठले हिजो नै चिनियाँ जनराजनीतिक सल्लाहकार सभा (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिङ र चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यहरूसँग भेटवार्ता गरेका थिए ।

Advertisement

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको करिब एक घण्टा लामो भेटवार्तामा ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन तथा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनको मोडालिटीबारे छलफल भएको छ ।

‘ वाङ हुनिङले गत वर्ष प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन गर्न आह्वान गरे,’ हुनिङको भनाई उधृत गर्दै भेटमा सहभागी एक नेपाली अधिकारीले भने, ‘बीआरआई सहयोग प्रवर्द्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्न वाङ हुनिङले जोड दिए।’

Advertisement

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङका अत्यान्तै निकट हुनिङ पार्टीको सात सदस्यीय स्थायी समितिका पाँचौ नम्बरका सदस्य हुन् । उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष हुन् ।

चीन र नेपाल सम्बन्धमा हुनिङले थप भने, ‘दुई देशबीच भएका महत्वपूर्ण सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको चीन–नेपाल रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा साझा भविष्यको अझ नजिकको समुदायलाई जोड दिन चीन नेपालसँग काम गर्न तयार छ।

’ हुनिङसँग ‘नेपालले एक चीन सिद्धान्त दृढताका साथ पालना गरेको’ बताउँदै श्रेष्ठले चीनसँग विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्दा दुई देशका जनतालाई बढी फाइदा हुने बताए । ९ दिने भ्रमणकै क्रममा रहेका नारायणकाजी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त पनि जाने कार्यक्रम छ । यसैबीच माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठ चीनमै रहदा  अर्काे कम्युनिष्ट पार्टी नेकपा एमालेका  उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन भ्रमणमा गएका छन् ।

२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । यसअघि समेत पूर्व नेकपाका लागि एकता गर्न सुझाव दिँदै आएको चीनले सत्तारुढ दलका दुई वरिष्ठ नेतालाई चीन बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

नेपालमा पछिल्लो गठबन्धन परिवर्तनलाई समेत चीनको भूमिकासँग जोडेर हेर्ने गरिएको छ । यद्यपि  एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक गठबन्धन चीनले नभई आफूहरुले भत्काएको र नयाँ बनाएको बताउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top