NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

बेइजिङमा आज नारायणकाजी र वाङ यीबीच भेटवार्ता

मङ्लबार चैत्र १३ , २०८०
Reading Time: 1 min read
A A
बालकुमारी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ चैत ,एजेन्सी । 

चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै छन् । बेइजिङमा हुने यीसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै बीरआरआई कार्यान्वयन तथा दुई देशबीच हुनसक्ने अन्य सहकार्यका विषयमा पनि छलफल हुने जनाइएको छ ।

मन्त्री श्रेष्ठले आज नै नेपाली दूतावासमा आयोजना हुने लगानीसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो अवसरमा उनले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्ने छन् । हिजो बिहान बेइजिङ पुगेका मन्त्री श्रेष्ठले हिजो नै चिनियाँ जनराजनीतिक सल्लाहकार सभा (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिङ र चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यहरूसँग भेटवार्ता गरेका थिए ।

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको करिब एक घण्टा लामो भेटवार्तामा ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन तथा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनको मोडालिटीबारे छलफल भएको छ ।

‘ वाङ हुनिङले गत वर्ष प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन गर्न आह्वान गरे,’ हुनिङको भनाई उधृत गर्दै भेटमा सहभागी एक नेपाली अधिकारीले भने, ‘बीआरआई सहयोग प्रवर्द्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्न वाङ हुनिङले जोड दिए।’

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङका अत्यान्तै निकट हुनिङ पार्टीको सात सदस्यीय स्थायी समितिका पाँचौ नम्बरका सदस्य हुन् । उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष हुन् ।

चीन र नेपाल सम्बन्धमा हुनिङले थप भने, ‘दुई देशबीच भएका महत्वपूर्ण सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको चीन–नेपाल रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा साझा भविष्यको अझ नजिकको समुदायलाई जोड दिन चीन नेपालसँग काम गर्न तयार छ।

’ हुनिङसँग ‘नेपालले एक चीन सिद्धान्त दृढताका साथ पालना गरेको’ बताउँदै श्रेष्ठले चीनसँग विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्दा दुई देशका जनतालाई बढी फाइदा हुने बताए । ९ दिने भ्रमणकै क्रममा रहेका नारायणकाजी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त पनि जाने कार्यक्रम छ । यसैबीच माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठ चीनमै रहदा  अर्काे कम्युनिष्ट पार्टी नेकपा एमालेका  उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल आज चीन भ्रमणमा गएका छन् ।

२६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । यसअघि समेत पूर्व नेकपाका लागि एकता गर्न सुझाव दिँदै आएको चीनले सत्तारुढ दलका दुई वरिष्ठ नेतालाई चीन बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

नेपालमा पछिल्लो गठबन्धन परिवर्तनलाई समेत चीनको भूमिकासँग जोडेर हेर्ने गरिएको छ । यद्यपि  एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक गठबन्धन चीनले नभई आफूहरुले भत्काएको र नयाँ बनाएको बताउँदै आएका छन् ।

Tags: #नारायणकाजी र वाङ यीबीच भेटवार्ता#नारायणकाजी र विष्णु पौडेल

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.