क्रिकेटर महबुब र आदिलसहित ५ जनालाई सफाइ

१२ चैत ८०, मंगलबार

१३ चैत , काठमाण्डौ ।

म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ जनालाई अदालतले सफाइ दिएको छ । उनीहरुले नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका हुन् । काठमाण्डौ जिल्ला अदालतले सोमबार सबैलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आरोपमा दाबी नपुग्ने भन्दै स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको छ ।

गएको वर्ष स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । अब उनी टोलीमा फर्कन सक्ने भएका छन् । गत वर्ष काठमाडौंमा भएको नेपाल ट्वान्टी–२० लिगमा नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहेका महबुब र आदिलसहितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न आरोप लगाई मुद्दा दायर गरेको थियो ।

Advertisement

अनुसन्धानको क्रममा सीआइबीले १२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले महबुब आलम, आदिल अन्सारी, नितेश गुप्ता, नवीन कँडेल र रवि माझी गरी ५ जनालाई मात्रै मुद्दा दर्ता गरेको थियो । नितेश, महबुब र आदिललाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका थिए भने नवीन र रवि फरार भएका थिए ।

नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२ औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए । त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो । उनले खेलको आफ्नो एकमात्र ओभरमा १५ रन दिएका थिए ।

उनले नेपाल टी–२० लिगको कम्तीमा दुई खेलमा सोही प्रकारले खेलेको आरोप सीआईबीको थियो । १७ वर्ष राष्ट्रिय टोलीबाट खेलेका महबुबले दुई नेपाली खेलाडीमाथि स्पट फिक्सिङ गर्न प्रस्ताव गरेको आरोप सीआईबीले लगाएको थियो । नेपाल टी–२० लिग सकिएको दुई सातापछि महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

निकै विवादस्पद नेपाल टी–२० लिगमा नवीन काठमाडौं किंग्सका मालिक थिए । नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) को कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर सेभेन थ्री स्पोटर््सका संस्थापक जतिन आहलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई प्रतियोगिताको बीचैबाट भारत फरार भएपछि विवादले उग्र रूप लिएको थियो ।

आदिलमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अनुसन्धान गरिहेकाले उनले तत्कालै खेल्न पाउने सम्भावना अझै निश्चित छैन । नेपाल टी–२० लिगका दौरान फिक्सिङ प्रस्ताव आएको भनी खेलाडीहरूले उजुरी गरेपछि आईसीसी टोली काठमाडौं आएर आदिललगायतका खेलाडीको बयान लिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top