×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

इलामका लागि हर्कले बोली फेरे, रास्वपाविरुद्ध आगो

१३ चैत्र २०८०

१३ चैत , विराटनगर ।

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ श्रम अभियान र सामाजिक संजालमा ब्यक्त अभिब्यक्तिका कारण सधै चर्चामा आउने गरेका छन् । सामाजिक संजालमा विहान झिसमिसैदेखि मध्यरातसम्म सक्रिय रहने साम्पाङले ब्यक्त गरेका धारणाबाट उनका पक्ष र विपक्षमा मत राख्नेहरु प्रशस्तै देखिन्छन् । यद्यपि चुनाव जित्नसाथ उनका प्रशंसक बनेकाहरु अहिले आफै हर्कका आलोचक बनेका छन् ।

Advertisement
Advertisement

समय क्रमसँगै हर्कले आफूलाई परिवर्तन गर्दै लगेका छन् । सुरुवातका दिनमा काठमाडौं महानगरका मेयरसँग सामाजिक संजालमा भिडेका हर्क अहिले बालेनका समर्थक बनेका छन् । अर्काेतर्फ सुरुवातका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेताका प्रशंसक बनेका हर्क पछिल्लो समय धेरै आलोचक बनेका छन् । कुनैसमय पूर्व पर्यटन मन्त्री सुदन किराँतीको प्रशंसक बनेका हर्क धरानमा विमानस्थल बन्न नसक्ने प्रतिवेदन सार्वजनिक हुनासाथ सबैभन्दा बढी आलोचक बनेका थिए ।

अहिले मेयर हर्क इलामको आसन्न उपनिर्वाचनलाई लिएर आफैले समर्थन गर्छु भनेका स्वतन्त्र उम्मेदवार र खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रमक भएका छन् । केही दिन अघि मात्रै इलाम २ मा स्वतन्त्र उम्मेदवारी दिएका पत्रकार मिलन लिम्बूलाई सर्मथन गर्ने वचन दिएका हर्कले अहिले उनकै आलोचना गरेका छन् ।

माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको सचिवबाट केही दिनअघि मात्रै राजीनामा दिएका पत्रकार लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ बाट उम्मेदवार बनाउने तयारी गरेको खबर बाहिरिएसँगै हर्क असन्तुष्ट देखिएका छन् । उनले खुला रुपमा रास्वपाले चुनाव हार्नुपर्ने उल्लेख गरेका छन् ।

यसैलाई लक्षित गर्दै उनले लेखेका छन्, इलामको उपनिर्वाचनमा रास्वपाबाट मिलन उठोस् कि बिछोड हार्छ र हार्नु पर्छ किनकि यो पार्टी म जस्तो देशलाई माया गर्ने र दुःख गर्ने मान्छेलाई सिध्याउन जन्मेको हो ! पहिचान र संघीयताको विरोधी हो ! प्रदेशको चुनावमा भाग नलिएको प्रमाण छ ! यतिमा मात्रै हर्क रोकिएकाक छैनन् । उनले फेरि अर्काे स्टाटस लेखेका छन्, अवसरको पछि लागेर एकै महिनामा दुइटा पार्टी परिवर्तन गर्नेलाई भोट दिएर के हुन्छ र हौ ? अपरिपक्कताको पराकाष्ठा !

यस्तै मिलन लक्षित उनको अर्काे स्टाटस छ, हिजो मात्रै स्वतन्त्र बनेर लड्छु, पार्टी सबै त्यागेको भन्ने मिलन लिम्बुले तपाइँलाई धोका दिन्न माङ्सेबुङको पवित्र माटोको कशम भन्या थियो ! २४ घण्टा सम्म पनि आफ्नो प्रतिबद्धतामा टिक्न सकेन ! बिकास गर्लान् त भोलि ? घोर शंकाको विषय ! पहिचानवादीका रूपमा चिनिएका मिलन भने जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिवसमेत हुन् ।

लिम्बूले इलाम २ बाट स्वतन्त्र चुनाव लड्ने औपचारिक घोषणा गरिसकेका छन् । उनी पहिचानवादीका साझा उम्मेदवार बन्ने योजनामा थिए । तर कोशी पुनः नामांकन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार घोषणा गरेपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

 

उम्मेदवार घोषणा गर्नुभन्दा अगाडि उनले माओवादीबाट राजीनामा दिएका थिए । रास्वपा नेतृत्वले उनीसँग संवाद गरिरहेको बताइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । यसका लागि भने रास्वपाको विधानत मिलन उम्मेदवार बन्न भने मिलनले सुरूमा प्राइमरीमा आफ्नो दावी पेश गर्नुपर्छ । साथसाथै, रास्वपामा प्रवेश पनि गर्नुपर्ने हुन्छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top