Nepal Times
Nepal Times
3
Shares

चिनियाँ ह्याकरको सूचना दिए १ करोड डलर पुरस्कार

चिनियाँ ह्याकरको सूचना दिए १ करोड डलर पुरस्कार

१३ चैत , एजेन्सी ।

अमेरिका र बेलायतले चीनमाथि साइबर हमलाको आरोप लगाएका छन् । अमेरिकाले आफ्ना लाखौँ नागरिकका अनलाइन खाताहरु चिनियाँ ह्याकिङ षड्यन्त्रमा फसेको दावी गरेको छ । ह्याकर समूहले महत्वपूर्ण र जिम्मेवार अमेरिकी अधिकारीहरुलाई लक्षित गरी नागरिकका अनलाइन खाताहरु ह्याक गरेका अमेरिकी न्याय विभाग र कानुन सम्बन्धी अनुसन्धान गर्ने निकाय एफबीआईले जनाएको छ ।

अमेरिकाले अहिलेसम्म ह्याकर समूहमा आबद्ध सात जना चिनियाँ नागरिकलाई साइबर हमला अभियान सञ्चालन गरेको आरोप लगाएर उनीहरुको खोजी गरिरहेको जनाएको छ । एफबीआईका अनुसार उनीहरुले १४ वर्षसम्म अभियान सञ्चालन गरेका खबरमा उल्लेख छ । अमेरिकी राज्य विभागले यो मुद्दामा आरोपितहरुको बारेमा जानकारी दिनेलाई १० मिलियन अमेरिकी डलर पुरस्कार दिने पनि घोषणा गरेको छ ।

अमेरिकी न्याय विभागका अनुसार ह्याकरहरूले अमेरिकी नागरिकसहित अमेरिकामा रहेका चीनका विदेशी आलोचकहरू, व्यवसायीहरू र राजनीतिज्ञलाई लक्षित गरेका छन् । यता बेलायतले पनि चीनमा सांसदहरु र निर्वाचन आयोगमाथि ’दुर्भावनापूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ ।

यसैबीच अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाउनेछ । अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात चिनियाँ नागरिकलाई दोषी ठहर गरेको छ । ती सबैलाई वर्षौँदेखि ह्याकिङ गरेको आरोप लगाइएको थियो ।

बेलायतको सरकारले यो साइबर हमलालाई लिएर दुई व्यक्ति र एक कंपनीमाथि प्रतिबंध लगाएको छ । बेलायती उपप्रधानमंत्री ओलिभर डाउडेनले भने, बेजिंगको आलोचना गर्ने सांसदहरुको जानकारीहरु हासिल गर्न र ४० मिलियन भोटर्सको डेटा हासिल गर्ने कोशिस चीनले साइबर हमलाद्वारा गरेको हो ।

यता बेलायतमा रहेको चीनको दूतावासले भने यी आरोपहरुलाई ’आधारहीन’ भनेको छ । साइबर हमलाका लागि बेलायतले प्रतिबन्ध लगाएका चिनियाँहरुमा झाओ ग्वांग्झू र नी गोबिन रहेका छन् । प्रतिबन्ध लगाइएको कम्पनी भने उहान जियोरिझी साइंस एंड टेक्नोलोजी कंपनी लिमिटेड हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.