Nepal Times
Nepal Times
3
Shares

दोहा उडेको जहाजमा आकाशमै हाइड्रोलिकमा समस्या

दोहा उडेको जहाजमा आकाशमै हाइड्रोलिकमा समस्या

१६ चैत, काठमाण्डौ ।

काठमाडौंबाट बिहीबार राति दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए–३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो । उनले नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको भन्दै जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड बताएका छन् ।

जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो । निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको प्रवक्ता झाले बताएका छन् । निगम प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार अल्फा लिमा यंकी (अन्नपूर्ण )को हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौं नै फर्काएका थिए ।

आरए–२३९ उडान नम्बरको उक्त विमानबाट दोहा जाने २ सय ६५ यात्रुलाई राति ३ बजे निगमको अर्को वाइडबी अल्फा लिमा जुलु (मकालु) जहाजमा पठाइएको थियो । मकालुको शुक्रबार बिहान ८ बजे र दिउँसो १ः४५ बजे हुने दुवै उडानलाई मर्ज गरिएको दिल्ली उडान गर्ने तालिका थियो । यसैबीच नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको छ । यसलाई आजै दिल्ली उडानमा पठाउने तयारी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.