Nepal Times
Nepal Times
3
Shares

एसईईको नेपाली विषयको प्रश्न पत्र १० मिनेटमै बाहिरियो, अब के हुन्छ ?

एसईईको  नेपाली विषयको प्रश्न पत्र १० मिनेटमै बाहिरियो, अब के हुन्छ ?

१६ चैत, काठमाण्डौ ।

एसईईको आज सम्पन्न भएको नेपाली विषयको प्रश्नपत्र परीक्षा सुरु भएलगत्तै बाहिरिएको छ। सिरहाका परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्नपत्र बजारमा उपलब्ध भएको पाइएपछि छानबिन समेत सुरु भएको छ। जिल्ला शिक्षा र उक्त केन्द्र पर्ने स्थानीय तहले छानबिन सुरु गरेको हो।

प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको बताएका छन् । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो।

त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ। परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन्। उनीहरूको हातहातमा आजको नेपाली विषयको प्रश्नपत्र पुगेको थियो । गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि उनलाई पक्राउ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुशार प्रश्नपत्र बाहिरिएका विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने छ । शुक्रबार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको खुलेको छ ।

यही चैत १५ देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २७ गतेसम्म सञ्चालन हुनेछ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरिउको छ । नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएकोले यस वर्षदेखि सबै बिषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याइकन कक्षा ११ मा भर्ना हुन पाइने छैन । प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनैपर्छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.