Nepal Times
Nepal Times
3
Shares

आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?

आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?

१६ चैत,  एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित दर्ता गरेको छ । जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो । बिहीबार सवाइ मानसिंह रंगशालामा राजस्थानले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका ओपनर डेविड वार्नरले ४९ रन जोडे । त्रिस्टन स्टब्सले ४४, मिचेल मार्सले २३, कप्तान ऋषभ पन्तले २८ रनको योगदान गरे । अक्षर पटेलले १५ रन थपे । राजस्थानका नान्दे्र बर्गर र युजभेन्द्र चाहलले समान दुई विकेट लिए । आवेसले एक विकेट हात पारे । त्यसअघि, टस हारेपछि सुरुआती ब्याटिङमा उत्रिएको राजस्थानले पाँच विकेट गुमाएर १८५ रन बनाएको थियो ।

राजस्थानका निम्ति रियान परागले ४५ बलमा सात चौका र ६ छक्कासहित अविजित सर्वाधिक ८४ रन जोडे । रविचन्द्रन आश्विनले २९, ध्रुव जुरेलले २०, कप्तान सञ्जु सामसनले १५, सिम्रोन हेटमायरले १४ र जस बटलरले ११ रन बनाए । दिल्लीका खलिल अहमेद, मुकेश कुमार, एनरिक नोर्ट्जे, अक्षर पटेल र कुलदीप यादवले समान एक विकेट लिए ।

जितसँगै राजस्थान चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराएको थियो । दिल्लीको भने यो लगातार दोस्रो हार हो । दिल्ली पहिलो खेलमा पञ्जाव किंग्ससँग चार विकेटले पराजित भएको थियो । इन्डियन प्रिमियर लिगको आजको दशौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर)सँग खेल्दैछ ।

दुई टोलीबीचको यो भिडन्त आज बेङ्लुरुको एम चिन्नास्वामी स्टेडियममा साँझ हुनेछ । लिगका दुई महान् टोलीबीचको यो खेलमा दुवै टोलीको पहिलो प्राथमिकता जित हुनेछ । यस प्रतियोगितामा खेलिएको एकमात्र खेल कोलकाता नाइट राइडर्सले जितेको छ । उसले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै टोलीलाई अर्को जित दिलाउन चाहन्छ ।

उनीहरूका ब्याट्सम्यानले डेथ ओभरमा आफ्नो क्लास देखाएर उनीहरूका बलरहरूले सनराइजर्स हैदरावादविरुद्ध आफ्नो सन्तुलन कायम राखेका थिए । अघिल्लो खेलमा पञ्जाब किंग्सलाई पराजित गर्दै आरसीबीले घरेलु मैदानमा सफलताको स्वाद चाखाएको छ । विराट कोहलीको ७७ रनको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले चार बल बाँकी रहँदै चार विकेटले जित हात पारेको थियो भने बलरले २०० रनभन्दा बढी नदिई उत्कृष्ट प्रदर्शन गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.