NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा मङ्लबार जेष्ठ ७ , २०८२
विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ? मङ्लबार जेष्ठ ७ , २०८२
सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो मङ्लबार जेष्ठ ७ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ? मङ्लबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

पशुपतिमा गाडी चल्न नदिनू, शव गाड्न रोक्नुःसर्वाेच्च

शुक्रबार चैत्र १६ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
पशुपति क्षेत्रमा शिवरात्रीको तयारी कस्तो हुँदैछ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ चैत , काठमाण्डौ ।

हिन्दु धमालम्बीहरुका आराध्यदेव भगवान पशुपति नाथको मन्दिर क्षेत्रभित्र अब इन्जिनबाट चल्ने सवारी साधनमाथि पूर्ण रोक लगाइएको छ। सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको छ । त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न पनि आदेश दिएको छ ।

LS Auto

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले गत ७ माघमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। सरकारसहितका निकायका नाममा ८ बुँदे निर्देशनात्मक आदेश पनि जारी गरेको छ।

उक्त आदेशमा तिलगंगा हुँदै गुह्यश्वरी निस्किएर गोठाटार जाने सडक पूरै बन्द गर्न भनिएकोछ। आदेशमा भनिएको छ, ‘वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्नेगरी तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटो लगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी साधन सञ्चालन हुन सक्ने गरी बाटो निर्माण नगर्न ।’

श्लेषमान्तक वनको केही भागमा व्यक्तिहरुले शव गाड्ने परम्परा छ । सर्वोच्च अदालतले एक वर्षभित्र शव गाड्ने वैकल्पिक स्थानको पहिचान गर्न पनि आदेश दिएको छ । उसले एक वर्षपछि श्लेषमान्तक वनमा शव गाड्न र फाल्न नपाउने व्यवस्था गर्न आदेश दिएको छ।

पशुपति क्षेत्रमा पुरातात्विक महत्वका सम्पदा, वन बुट्यान, जीवजन्तु, चराचुरुङ्गीको बासस्थान रहेको र तिनको संरक्षण गर्नुपर्ने भन्दै सर्वोच्चले वनकाली, मृगस्थली, श्लेषमान्तक लगायतका वनक्षेत्रमा सर्वसाधारणको प्रवेशलाई समेत रोक लगाउन आदेश दिएको छ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘लास गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी एक बर्ष पछिदेखि श्लेषमान्तक वनक्षेत्रमा लास गाड्न, फाल्न नपाउने व्यवस्था मिलाउनू । पाशुपत क्षेत्रभित्र कुनैपनि प्रकारको फोहोरमैला जम्मा हुन नदिई तत्काल सफाइ गर्ने भरपर्दो व्यवस्था मिलाउनू ।’

ती क्षेत्रमा भक्तालु र पर्यटकको आवतजावतका लागि पैदल हिँड्ने बाटो बनाउन आदेश दिदै सर्वोच्च अदालतले सर्वसाधारणलाई वन बाटिकामा प्रवेश गर्न नदिन आदेश दिएको छ । सर्वोच्च अदालतले मृगस्थली, श्लेषमान्तक लगायतका वनमा पहिरो र भू स्खलन रोक्न पनि आदेश दिएको छ ।

त्यस्तै पशुपति क्षेत्रमा कुनैपनि भौतिक निर्माणका काम गर्दा पुरातत्व विभागको लिखित परामर्श लिन पनि आदेश दिएको छ । पशुपति क्षेत्रका जमिनमा कंक्रिट ढलान गरेर संरचना निर्माण नगर्न पनि सर्वोच्चले आदेश दिएको छ । उसले पशुपतिनाथ मन्दिरको सम्पत्ति संरक्षण गर्न पनि आदेश दिएको छ ।

विभिन्न नाममा पशुपति क्षेत्रको अतिक्रमण भएको र त्यसले विश्वसम्पदा क्षेत्रमा सूचिकृत पशुपतिनाथको अस्तित्व नै संकटमा पारेको भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले ७ माघ, २०८० मा निर्देशनात्मक आदेश जारी हुने ठहर गरेको थियो ।

२०६७ सालमा पनि सर्वोच्चले पशुपतिनाथ मन्दिर संरक्षणका नाममा आदेश जारी गर्दै श्लेषमान्तक वनमा शव गाड्ने काम बन्द गर्न आदेश दिएको थियो । तर त्यसको कार्यान्वयन हुन् सकेको थिएन ।

Tags: #पशुपतिमा गाडी चल्न नदिनू#शव गाड्न रोक्नुःसर्वाेच्च

लोकप्रीय

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

विचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

थप समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा
ताजा समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
अन्तर्राष्ट्रिय

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके
ताजा समाचार

सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो

मङ्लबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

World News:दुई हेलिकप्टर जुधे,अमेरिकामा मेक्सिकन सेनाको जहाज दु*र्घट*ना || Nepal Times

00:13:50

World News:हङकङ–सिङ्गापुरमा नयाँ कोरोना, पपुवा न्यू गिनीमा पोलियो ‘आउट ब्रेक’|| Nepal Times

00:16:34

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२

हालका पोस्टहरू

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.